मिस नेपाल नर्थ अमेरिकाको अतिथिको रूपमा प्रियङ्का, मिरुना र आयुष्मान सहभागी हुँदै

न्यूयोर्क । विश्व कै सम्राट राज्य न्यूयोर्कमा हुँदै आएको मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी)२०२३ को लागि अतिथिमा प्रियङ्का कार्की , मिरुना मगर तथा आयुष्मान् देशराज जोशी आउने भएका छन् ।
प्रतियोगितामा सहभागी हुन आवेदन पत्र गत फेब्रुअरी २८ का दिन देखि प्रारम्भ भएको छ भने आवेदन दिने अन्तिम मिति मे ३१ ,२०२३ सम्म रहेको छ । अझ पनि आवेदन निवेदन दिने समय बाँकी रहेकोले इच्छुकले आवेदन दिन सक्ने आयोजकको तर्फबाट सैलेश श्रेष्ठले जानकारी दिए ।
मिस नेपाल नर्थ अमेरिका सुरु भए देखि नै हरेक वर्ष अगस्ट महिनामा हुँदै आएता पनि यस वर्ष जुलाई महिनामा हुने र जुलाई २२ का दिन समापन समारोह अर्थात् ग्रान्ड फिनाले हुनेछ ।
विगत वर्ष झैँ यस वर्ष पनि न्यूयोर्ककै प्रसिद्ध मेलरोज बलरुम मै शनिबारका दिन हुनेछ । “अर्को पुस्तालाई सशक्तिकरण गर्न नेपाली महिलाहरूलाई सशक्तिकरण” भन्ने मूल नारा दिइएको छ । यो प्रतियोगिताको आयोजना ड्रिम्स युनिभर्सल एलएलसी न्युयोर्कले गर्नेछ ।
मिस नेपाल नर्थ अमेरिका २०२३ को लागि पूर्व नेपाल सुन्दरी सदीक्षा श्रेष्ठ आधिकारिक मुख्य कोरियोग्राफर (पूर्ण प्रशिक्षक) रहने भएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ फिल्म ‘दिमाग खराब’ को नयाँ गीत
-
बँदेललाई कृषि हानिकारक वन्यजन्तुको रूपमा घोषणा गर्ने तयारी, बाँदरबारे निर्देशन चाहिने
-
शिव शिखर सहकारीको अत्तरिया सेवा केन्द्र सिल, कैलालीबाट ३५ सय बढीले दिए उजुरी
-
हेमन्तको ‘निरजाले’ मा आश्मा र सुनिलको अभिनय
-
दसैँमा विदेशबाट नेपाल आउँदै हुनुहुन्छ–के ल्याउन पाइन्छ, के पाइँदैन ?
-
एनएसएल खेल्न नेपाल फर्कने विमल घर्तीमगरकाे संकेत