इन्टर मिलानले जित्यो कोपा इटालिया
काठमाडौं । कोपा इटालिया फुटबल प्रतियोगिताको उपाधि इन्टर मिलानले जितेको छ । इन्टर मिलानले बुधबार राति भएको फाइनलमा फियोरेन्टिनालाई २—१ गोलले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।
इन्टर मिलान यो सिजनको च्याम्पियन्स लिगको फाइनलमा पनि पुगेको छ । इन्टर मिलानको जितमा दुबै गोल लाउटारो मार्टिनेजले गरेका थिए । उनले निर्धारित समयको २९औं र ३७औं मिनेटमा गोल गरेका थिए ।
खेलमा सुरुआती अग्रता भने घरेलु टोली फियोरेन्टिनाले लिएको थियो । खेल सुरु भएको तेस्रो मिनेटमै फियोरेन्टिनाका लागि निको गोन्जालेजले गोल गरेका थिए । इन्टर मिलानले लगातार दोस्रो पटक कोपा इटालियाको उपाधि चुमेको हो ।
अब फियोरेन्टिनाले आगामी जुन ७ तारिखमा वेस्ट हामसँग युरोपा कन्फरेन्स लिगको फाइनल खेल्नेछ । इन्टर मिलानले भने आगामी जुन १० तारिखमा इङ्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीसँग च्याम्पियन्स लिगको फाइनल खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबै प्रहरी कार्यालयमा वैदेशिक रोजगार फोकल पर्सन तोक्न विभागको पत्राचार
-
एबी डे भिलियर्स भन्छन्– ‘कप्तान बनाउन आरसीबीसँग विराट कोहलीको विकल्प छैन’
-
एमाले नेता कुइँकेल जोडिएको पशुपतिको ४६ करोडको भ्रष्टाचार मुद्दा टुङ्गो लगाउँदै सर्वोच्च
-
सवारी चालकको चाबी खोस्ने ट्राफिकको कार्य विरुद्धको रिट खारेज
-
रवि छामिछानेको तेस्रो दिनको बहस सुरु
-
हवाई टिकट घट्दा ईपीएसमार्फत कोरिया जाने प्रति श्रमिकको ७३ हजार जोगियो