न्यूयोर्कको रिजउड नेपाली समाजद्वारा दुर्गा मन्दिर तथा नेपाली सांस्कृतिक केन्द्रको लागि आफ्नै भवन खरिद

अमेरिका । अमेरिकाको न्यूयोर्कको स्थापित तथा क्रियाशील गैर मुनाफा सामाजिक संस्था रिजउड नेपाली समाजले दुर्गा मन्दिर तथा नेपाली सांस्कृतिक केन्द्रको आफ्नै भवन खरिद गरेको छ । रिजउड नेपाली समाजका अध्यक्ष राजेश भट्टले सामाजिक सञ्जालमार्फत समुदायलाई भवन खरिद गरेको जानकारी दिएका छन् ।
उनले १९९८ मा परिकल्पना गरी २००३ मा गैर मुनाफा सामाजिक संस्थाको रूपमा विधिवत् दर्ता भएको रिजउड नेपाली समाजले परिकल्पना गरेको आफ्नै दुर्गा मन्दिर तथा नेपाली सांस्कृतिक केन्द्रको आफ्नै भवन खरिद गरेकोमा सबैलाई अवगत गराउन पाउँदा हर्षित भएको उल्लेख गरेका छन् ।
साथै उनले परियोजना लागि सुरुवात देखि नै प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्ने सबैलाई संस्थाको तर्फबाट विशेष धन्यवाद दिएका छन् ।
उनले प्रक्रियाको लागि गरिएका ठुला दुई कोष वृद्धि कार्यक्रमहरू महापुराण २०१० र महापुराण २०१७ मा प्रत्यक्ष तथा अप्रत्यक्ष सहभागी भई दान रकम बोलकबोल गरी दान गरेका सम्पूर्ण दानदाता तथा स्वयंसेवकहरूलाई धन्यवाद दिएका छन् ।
२०२१ को जुन महिनामा भएको साधारण सभाको निर्णय अनुसार यस संस्थाको नाममा २०११ मा खरिद गरिएको जग्गा ९ लाख ९० हजार डलरमा बिक्री गरी गत मे २३ का दिन आफ्नै भवन खरिद गरिएको उनले जनाएका छन् ।
खरिद प्रक्रियाको लागि वैयक्तिक जिम्मेवारी बसी संस्थाले ९ लाख ९० हजार ऋण लिएको समेत सार्वजनिक गरिएको छ । साथै अहिलेसम्म कबुल गरी दान रकम दिन बाँकी रहेका सम्पूर्ण दान दाताहरू एवं नयाँ दाताहरूले शीघ्र दान रकम उपलब्ध गराउन समेत उनले संस्थाको तर्फबाट अनुरोध र आह्वान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकमै सुते शिक्षकहरू, तस्बिरमा हेर्नुहोस्
-
एमाले बागमती प्रदेश अधिवेशन : राजधानीका विभिन्न स्थानबाट र्याली (तस्बिरहरु)
-
बालेनको दाबी : अभियन्ताहरू संवादमा बोलाउँदा आएनन्
-
एसियाली खेलकुदको तेस्रो दिन जुडोमा नेपालका तीन खेलाडी पराजित
-
यस्ता छन् चीन र नेपालबिच भएका द्विपक्षीय सम्झौताहरू (सूची)
-
आज मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै