कैलारी गाउँपालिकामा कांग्रेस कार्यकर्ताद्वारा नाराबाजीसहित घेराउ, स्थितिलाई नियन्त्रणमा लिन प्रहरी परिचालन

धनगढी । कैलालीको कैलारी गाउँपालिकामा नेपाली कांग्रेस निकट नेता कार्यकर्ताले कार्यालय घेराउ गरेका छन् ।नेपाली कांग्रेसबाटै निर्वाचित जनप्रतिनिधिले नेतृत्व गरिरहेको गाउँपालिकालाई कांग्रेसकै असन्तुष्ट पक्षहरुले आज नाराबाजीसहित कार्यालय घेराउ गरेका हुन् ।
बजेट कार्यक्रम विनियोजनमा अध्यक्ष राजसमझ चौधरीको मनलाग्दी भएको र गाउँपालिकामा सुशासन नभएको तथा अपारदर्शी रूपमा खर्च हुने गरेको भन्दै घेराउ गरिएको कुरा असन्तुष्ट पक्षबाट आएको कैलारी गाउँपालिकाको ६ नं. वडाध्यक्ष प्रेमबहादुर चौधरीले जानकारी दिए । पालिकाले वडालाई सोझै डल्लो बजेट दिनुपर्ने तथा वडाले खर्च गर्न पाउनुपर्ने माग राखेको चौधरीको भनाइ छ ।
असन्तुष्ट समूहको नेतृत्व पालिका प्रवक्ता समेत रहेका वडा नं. ७ का वडाध्यक्ष दीपेन्द्र बमले गरेको बताइएको छ । तनाब उत्पन्न भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरी समेत परिचालन गरिएको छ ।
यसैबीच नेपाली कांग्रेसका जिल्ला सभापति नारायण दत्त भट्ट, उपसभापति खेमराज चौधरी, नेतृ रीता चौधरी, पालिका सभापति कृष्ण चौधरीसहित पालिका अध्यक्ष राजसमझ चौधरी, उपाध्यक्ष भागवती चौधरीसहित वडाध्यक्षहरु र असन्तुष्ट पक्षबीच छलफल चलिरहेको बताइएको छ ।
प्रदर्शनकारीले कर्मचारीलाई कार्यालय बाहिर निस्कन भनेपछि हाल पालिकाको कामकाज ठप्प भएको प्रमुख प्रशासकीय अधिकृत वीरबहादुरले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा एउटा मिडियाको कार्यालय र त्यसमा कार्यरत विभिन्न पत्रकारको घरमा छापा
-
व्यक्तित्वको टकराबले मुलुकको अर्थतन्त्रलाई बन्धक बनाउनु हुँदैन : सांसद वाग्ले
-
बझाङ केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प
-
अर्थतन्त्रमा देखिएका समस्या सरकारको टालटुले जवाफले सुधार हुँदैन : पूर्वअर्थमन्त्री पौडेल
-
नेप्से १७ अंकले घट्यो, १ अर्ब १९ करोडको कारोबार
-
सानिमा बैंकद्वारा दराजसँग ‘दसैँ धमाका’ योजनामा विशेष छुट दिने सहकार्य