रास्वपाको कार्यालयमा पुग्यो चिनियाँ टोली

काठमाडौँ । नेपालस्थित चिनियाँ दूतावासको एक टोली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पार्टी कार्यालयमा पुगेको छ ।
बिहीबार डिसिएम वाङ शिन नेतृत्वको टोली वसुन्धरास्थित रास्वपाको पार्टी कार्यालयमा पुगेको हो ।
सो क्रममा दुई पक्षबीच नेपाल र चीनका आपसी चासोका विषयमा छलफल भएको रास्वपाले जनाएको छ ।
छलफलको क्रममा रास्वपाका उपसभापति डोल प्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावललगायतको सहभागिता रहेका थिए ।
भेटपछि रातोपाटीसँगै कुरा गर्दै अर्यालले नेपाल–चीनबीच सम्बन्धलाई अझ बलियो कसरी बनाउन सकिन्छ र दुई देश बीचका जनता–जनताबीचको सम्बन्धलाई अझै कसरी विस्तार गर्न सकिन्छ भन्नेलगायतका विषयमा कुराकानी भएको बताए । उनले भने, 'उहाँहरुको खास चासो हाम्रो पार्टीको विषयमा थियो, पार्टीले कसरी काम गरिरहेको छ । भ्रष्टाचार तथा सुशासनको क्षेत्रमा कसरी अगाडि बढेको छ भन्नेबारेमा उहाँहरुको चासो थियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यक्तित्वको टकराबले मुलुकको अर्थतन्त्रलाई बन्धक बनाउनु हुँदैन : सांसद वाग्ले
-
बझाङ केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प
-
अर्थतन्त्रमा देखिएका समस्या सरकारको टालटुले जवाफले सुधार हुँदैन : पूर्वअर्थमन्त्री पौडेल
-
नेप्से १७ अंकले घट्यो, १ अर्ब १९ करोडको कारोबार
-
सानिमा बैंकद्वारा दराजसँग ‘दसैँ धमाका’ योजनामा विशेष छुट दिने सहकार्य
-
पश्चिम नेपालमा भूकम्पको धक्का