भारतसँगको सम्बन्ध नेपालको लागि अवसर हो : सांसद राई
विहीबार, ११ जेठ २०८०, १४ : ५९

काठमाडौँ । नेकपा(एमाले)का सांसद रामचन्द्र राईले छिमेकी मुलुक भारतसँग नेपालको सम्बन्ध अवसर भएको बताएका छन् । बिहीबार राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै सांसद राईले नेपालको लागि भारतसँगको सम्बन्ध अवसर भएको बताएका हुन् ।
सांसद राईले छिमेकी मुलुकसँगको सम्बन्ध समस्या नभएको बताए । भारतसँगको सम्बन्धलाई अवसरको रूपमा परिणत गर्न नेतृत्वको सुझबुझपूर्ण पहलकदमी हुनुपर्ने भएपनि त्यस्तो हुन नसकेको उनले बताए ।
सांसद राईले सन् १९५० को भारत–नेपाल शान्ति तथा मैत्री सन्धिको मूल कपि नै नभएको भन्दै बजारमा सुनिएका कुराहरूको आधिकारिताको सम्बन्धमा प्रश्न उठाए । नेपालमा सन् १९५० को सन्धि खारेज हुनुपर्ने माग बारम्बार उठिरहने भन्दै सो सन्धि खारेज हुनु र नहुनेको कुनै अर्थ नभएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजवादी जागरण अभियान : तीन दिनमा १३ सभा
-
नीति, निर्देशनमा दबाब नदिन अन्तर्राष्ट्रिय मुद्रा कोषलाई उद्योग परिसंघको सुझाव
-
पुँजी बजारमाथि हस्तक्षेप गरेका छैनौँ : अर्थ सहसचिव सुवेदी
-
ॐबारे बोले दीनानाथ : भने–हटाउने कुरा सोच्न पनि सकिँदैन
-
सुदूरपश्चिममा भूकम्पबाट ६ जना घाइते, बझाङमा राजमार्ग अवरुद्ध
-
इटहरी उपमहानगरपालिकाबाट श्रम स्वीकृति सुरु