५५ मेगावाटको लिखु–२ निर्माणकार्यमा स्थानीयको अवरोध, इप्पानको ध्यानाकर्षण

काठमाडौं । रामेछापको उमाकुण्ड गाउँपालिकामा निर्माणाधीन ५५ मेगावाट क्षमताको लिखु–२ आयोजनामा स्थानीयले अवरोध पुर्याएका छन् । ग्लोबल हाइड्रोपावरले निर्माण गरिरहेको उक्त आयोजनाको साइटमा स्थानीयले हुल हुज्जत गर्ने, तालाबन्दी गर्ने र कर्मचारी तर्साउने काम गरिरहेको स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान)ले बताएको छ ।
स्थानीयको उक्त अवरोधबाट आयोजनाको काममा गम्भीर असर परेको इप्पानले जनाएको छ । ‘यस्तो उच्छृङ्खल तथा अराजक घटनाको इप्पान घोर भर्त्सना र निन्दा गर्दछ,’ विज्ञप्तिमा लेखिएको छ, ‘साथै आयोजनाहरु र त्यसका सरोकारवाला पक्षहरुबीचको कुनै पनि असमझदारी भएमा आपसी संवाद र छलफलबाटै समाधान गर्न सकिनेतर्फ ईप्पान जोड दिन चाहन्छ ।’
इप्पानले विगत केहि समयदेखि विभिन्न जलविद्युत आयोजनाहरुमा आफ्ना माग पुरा गराउन आयोजनालाई गम्भीर क्षति पुर्याउने तथा प्रवद्र्धक एवं कर्मचारीहरुलाई मानसिक र भौतिक रुपमा डर देखाउने क्रम बढिरहेको इप्पानको भनाई छ । ‘त्रास पैदा गराउने नियोजित उद्देश्यले उच्छृंखल, अराजक र उदण्ड गतिविधि हुने गरेको देखिन्छ,’
विज्ञप्तिमा लेखिएको छ, ‘यस्ता प्रकारका गतिविधिले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको ऊर्जा क्षेत्रमा नकारात्मक सन्देश प्रवाह भएर समग्र रुपमा यो क्षेत्र निरुत्साहित हुने कुरातर्फ ईप्पान नेपाल सरकारका गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ ।’ आयोजनास्थलमा हुने यसप्रकारका अवरोधलाई निरुत्साहित गर्न सरकारले तत्काल छुटै सुरक्षा संयन्त्र निर्माण गर्न इप्पानको माग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाका पचहत्तर हजारभन्दा बढी स्वास्थ्यकर्मीद्वारा हडताल सुरु
-
मध्यपुरथिमि नगरपालिकाको आन्तरिक आम्दानी रु २४ करोड
-
मुुख्यमन्त्रीको उपस्थितिमा कोरला नाकामा सुरक्षा बैठक
-
उपत्यकामा हुने कालोबजारी र अवाञ्छित गतिविधिको निगरानी गर्न प्रहरीलाई सर्कुलर
-
मनाङको स्याउ मनाङमै खपत
-
रातोपाटी ब्रिफिङ : स्थानीय तहमा डरलाग्दो भ्रष्टाचार, वायु सेवा निगमलाई ऋणको भार