दैलेख सदरमुकाममा यौन व्यवसाय सञ्चालन गर्ने दुई होटेल साहु पक्राउ
विहीबार, ११ जेठ २०८०, १७ : ५५

दैलेख । पछिल्लो समय दैलेख सदरमुकाममा पनि यौन व्यवसाय सञ्चालन हुने गरेको पाइएको छ । गोप्य सूचनाका आधारमा दैलेख प्रहरीले सदरमुकामस्थित होटेल सञ्चालन गरिरहेका दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार ज्वालामुखी होटेलका सञ्चालक तीर्थप्रसाद न्यौपाने र आरती होटेलका सञ्चालक दीपेन्द्र कटुवाल पक्राउ परेका हुन् ।
दैलेखका प्रहरी नायव उपरीक्षक किशोर लम्सालका अनुसार न्यौपानेले आफ्नै होटेलमा यौन व्यवसाय सञ्चालन गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा उनलाई होटेलबाट नै पक्राउ गरिएको हो । यस्तै कटुवालले पनि होटेलमा यौन व्यवसाय सञ्चालन गरिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो । दुवै जनालाई म्याद थप गरी अनुसन्धान अघि बढिरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अष्ट्रेलियाको सिड्नीमा ‘प्रकाश सपुत लाइभ इन कन्सर्ट’ डिसेम्बर १७ मा हुने
-
इमर्जिङ्ग नेपालको प्रमुख कार्यकारी अधिकृतमा विशाल उप्रेती नियुक्त
-
गायिका सीता दुलालको गीत ‘धुवाँ’ युट्युबमा सार्वजनिक
-
सन् २०३० को विश्वकप तीन महादेशका ६ देशमा खेलाइने
-
काभ्रेका २ सहकारी संस्था मर्जर
-
एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा