नक्कली शरणार्थी प्रकरण : आजबाट अदालतमा बयान सुरु हुने

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरूको आजदेखि अदालतमा बयान प्रक्रिया सुरु हुने भएको छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन लागेको अभियोगमा गत चैत १३ गते देखी पक्राउ परेकाहरूको आज देखी अदालती बयान सुरु हुन लागेको हो ।
सो प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्काालिन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, कांग्रेस नेता केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मालगायतलाई पक्राउ गरिएको थियो ।
गत सोमबार प्रहरीले आफ्नो अनुसन्धान पुरा गरी सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाए पछि सरकारी वकिलको कार्यालयले बुधवार जिल्ला अदालत काठमाडौँमा २६ करोड भन्दा बढी बिगो माग राखी मुद्दा दर्ता गरेको थियो ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका सह न्यायाधिवक्ता अच्युतमणि नेउपानेका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणको बयान थुनछेक बहस सकिनै करिब दुई साता लाग्नेछ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुखसमेत रहेका सह न्यायाधिवक्ता नेउपानेका अनुसार शुक्रबार गोला प्रणालीबाट थुनछेक प्रयोजनका लागि पेसी तोकिने छ । त्यसपछि पेसी तोकिएका न्यायाधीशकै सामुन्ने प्रतिवादीहरूको बयान लिइने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नो विन्टर होलिडेज’लाई अजरबैजानमा अवार्ड
-
कारमाथि चढेर व्यस्त सडकमै जब एक जनाले ‘फिल्मी शैली’मा पैसा उडाउन थाले...
-
हिमालयन बैंकद्वारा न्युरोडमा भवन निर्माण शिलान्यास
-
५ हजार ९३८ जना प्रहरी जवानहरुको सरुवा (सूचीसहित)
-
विद्यार्थीहरु विदेश पलायनबारे गहिरो अध्ययन गरौँ : शिक्षामन्त्री
-
कास्कीमा नयाँ उद्योग दर्ता घट्यो