कृषकलाई मौरीसहितको घार

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लीस्वाराका कृषकलाई मौरीसहितको घार वितरण गरिएको छ । समूहमा आबद्व ४६ कृषकलाई मौरीसहितको घार वितरण गरिएको हो ।
ग्रामीण पोषण सुरक्षण कार्यक्रमअन्तर्गत कृषकलाई ९० प्रतिशत अनुदानमा मौरीसहितको घार वितरण गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारी र म्याग्दे गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले कृषकलाई घार हस्तान्तरण गरे ।
कृषकलाई कृषि पेसामा आकर्षित गराउन अनुदान कार्यक्रमलाई प्राथमिकतामा राखिएको वरिष्ठ कृषि विकास अधिकृत तिवारीले बताउनुभयो । मौरीपालनसम्बन्धी स्थलगत तालिम तथा अभिमुखीकरण कार्यक्रममा सहभागी भएका कृषकलाई मौरीसहितको घार अनुदानमा वितरण गरिएको हो । कृषकको आयआर्जनमा वृद्वि गराई आर्थिक क्षेत्रमा सबल बनाउन सरकारले अनुदान कार्यक्रमलाई जोड दिँदै आएको छ ।
कृषकलाई कुटानी पिसानी, हाते ट्याक्टर, कृषिऔजार, बीउबिजनलगायत ५० प्रतिशत अनुदानमा वितरण गर्दै आएको छ । अनुदान दिन थालेपछि पछिल्लो समय व्यावसायिक खेतीतर्फ कृषकको आकर्षण बढ्दै गएको पाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कोशी’ नामविरुद्धको आन्दोलन विदेशीको पैसाले भएको ओलीको आरोप
-
धार्मिक एवम् सामुदायिक सद्भाव भड्काउनेलाई तत्काल नियन्त्रण गर्न गृहमन्त्रीको निर्देशन
-
अमेरिकाका पचहत्तर हजारभन्दा बढी स्वास्थ्यकर्मीद्वारा हडताल सुरु
-
एमाले गण्डकी अधिवेशन : पदाधिकारीमा यस्तो छ पीएस भर्सेस खगराज प्यानल
-
मध्यपुरथिमि नगरपालिकाको आन्तरिक आम्दानी रु २४ करोड
-
मुुख्यमन्त्रीको उपस्थितिमा कोरला नाकामा सुरक्षा बैठक