शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय

एसिया कपबारे बीसीसीआईका सचिव जय शाहले के भने ?

शुक्रबार, १२ जेठ २०८०, ०९ : ०५
शुक्रबार, १२ जेठ २०८०

नयाँ दिल्ली । बीसीसीआईका सचिव जय शाहले आईपीएल फाइनलका क्रममा एसियाली क्रिकेट काउन्सिल (एसीसी) प्रतिनिधिको बैठकपछि एसिया कप आयोजना गर्ने देशबारे अन्तिम निर्णय गरिने बताएका छन् । शाहले भने, ‘एसिया कप आयोजना गर्ने बारे अन्तिम निर्णय भइसकेको छैन। हामी आईपीएलमा व्यस्त छौँ ।’ 

उनले थपे, ‘श्रीलंका क्रिकेट बोर्ड, बंगलादेश र अफगानिस्तान क्रिकेट बोर्डका शीर्ष प्रतिनिधिहरू आईपीएलको फाइनल हेर्न आउँदैछन् ।  त्यति बेला एसिया कपको बारेमा छलफल गर्नेछौँ। र उपयुक्त समयमा अन्तिम निर्णय लिनेछौँ।’

यसपटक एसिया कप पाकिस्तानले आयोजना गरेको भएपनि अहिले भारतीय क्रिकेट टोलीलाई त्यहाँ जान गाह्रो छ । पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष नजम सेठीले एसिया कपका लागि हाइब्रिड मोडल ल्याएका थिए, जसअन्तर्गत पाकिस्तानमा चार खेल हुने भनिएको थियो । यो योजना अहिले पाकिस्तानले स्थगित गरेको बीबीसीको समाचारमा उल्लेख छ ।

एसीसी स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले नजम सेठीको हाइब्रिड मोडलमा श्रीलङ्का, बंगलादेश, नेपाल र अफगानिस्तानका खेलहरू पाकिस्तानमा र भारतका खेलहरू अन्य कुनै ठाउँमा खेलाउने प्रस्ताव गरेको उल्लेख गरेको छ। तर, एसीसीले यो प्रस्तावमाथि कुनै निर्णय गरेको छैन ।

–बीबीसी हिन्दी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप