बिहीबार, २४ असोज २०८१
ताजा लोकप्रिय
सार्वजनिक यातायात

बागमती प्रदेशभित्र सार्वजनिक यातायात कहाँको भाडादर कति ? (सूचीसहित)

शुक्रबार, १२ जेठ २०८०, २३ : १६
शुक्रबार, १२ जेठ २०८०

काठमाडौँ । बागमती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाएको हो ।  जसअनुसार काठमाडौँ उपत्यकाबाहिर प्रदेशभित्र पुग्ने रुटहरुको बस भाडा निर्धारण भएको छ । काठमाडौ–कुरिटनटारको भाडा २९४, काठमाडौँ–खोपासी ११८, काठमाडौँ–गल्छी १३९ रुपैयाँ निर्धारण भएको छ । 

यसैगरी काठमाडौँ–त्रिशूली २४६ रुपैयाँ भाडा निर्धारण भएको छ ।  यसैगरी काठमाडौँ–धादिङवेशी २५९, काठमाडौँ नारायणगढ ४३१ रुपैयाँ भाडा निर्धारण भएको छ । 

नेपाल आयल निगमले डिजेलको भाउ घटाएको नौ दिनपछि बागमती प्रदेशमा छोटो दूरीमा चल्ने गाडीको भाडा घटाइएको हो । काठमाडौँ उपत्यकाभित्र पाँच दशमलव नौ प्रतिशत, उपत्यका बाहिर छोटो दूरीका सार्वजनिक सवारीमा चार दशमलव १८ प्रतिशत घटाइएको हो । 
कहाँको भाडा कति ? सूची हेर्नुहोस्

bus-bhada1bus-bhada2bus-bhada3bus-bhada4

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप