काठमाडौँ उपत्यकामा सार्वजनिक यातायातको भाडा घट्यो (सूचीसहित)

काठमाडौँ । काठमाडौँ उपत्यकामा सार्वजनिक यातायातको भाडादर घटेको छ । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले बिहीबारदेखि लागू हुनेगरी काठमाडौँ उपत्यकामा नयाँ भाडादर लागू गरेको हो । जसअनुसार ५ किलोमिटरसम्मको भाडादर १९ रुपैयाँ कायम भएको छ । यसअघि ५ किलोमिटरसम्मको भाडादर २० रुपैयाँ थियो ।
यसैगरी १० किलोमिटरसम्मको २५ रुपैयाँ, १५ किलोमिटरसम्मको ३० रुपैयाँ र २० किलोमिटरसम्मको ३३ रुपैयाँ कायम भएको मन्त्रालयले राजपत्रमा जारी गरेको सूचनामा उल्लेख छ । यस्तै उपत्यका बाहिर छोटो दूरीका सार्वजनिक सवारीमा चार दशमलव १८ प्रतिशत र मालवाहक सवारीसाधनमा पाँच दशमलव ६९ प्रतिशतले भाडा घटाइएको छ ।
यसअघि डिजेलको भाउ बढेको बेला लामो दूरीको गाडी भाडा बढेर छोटो दूरीको नबढेपछि व्यवसायी आफैँले भाडादर तोकेका थिए । नेपाल आयल निगमले अघिल्लो हप्ता बुधबारदेखि लागू हुने गरी डिजेलको भाउ घटाएको थियो । लगत्तै सरकारले लामो दूरीको भाडा समायोजना गरेको थियो । लामो दूरी अर्थात् अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र छोटो दूरी अर्थात् अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अख्तियारमा एक वर्षमा झण्डै २१ हजार उजुरी
-
जापानमा कामदार पठाउने १४ वटा मेनपावर कम्पनी निलम्बनमा
-
रेशम चौधरीले लिए नागरिक उन्मुक्ति पार्टीको कार्यकारी अधिकार
-
नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल र सचिव मरासिनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चार जनाविरुद्ध १५ करोड बिगो कायम गरी मुद्दा दर्ता
-
चितुवाको छालासहित पाँचजना पक्राउ