२९ अर्ब १३ करोड रुपैयाँ आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौं । सरकारले आगामी जेठ १६ गते २९ अर्ब १३ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । जेठ १५ गते आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउँदै गरेको सरकारले भोलिपल्ट नै २९ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गर्ने भएको हो । जेठ १४ गते उक्त ट्रेजरीको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमको ट्रेजरी बिक्री गर्न लागेको बैंकले २५ अर्ब १३ करोड रुपैयाँ पुरानो नवीकरण गरेर बाँकी रहेको ४ अर्ब रुपैयाँ नयाँ जारी गर्ने जनाएको छ ।
जेठ १४ गते अर्तात् बजेटको अघिल्लो दिन, आइतबार बोलकबोल हुने ट्रेजरीका लागि दरखास्त दिन बैंकले सार्वजनिक सूचना जारी गरेको छ । जेठ १४ गते दिउँसो ३ बजेट बोलकबोल हुने ट्रेजरीका लागि सो समयभित्र आवेदन दिइसकेको हुनुपर्नेछ । कूल निष्काशन बिलमध्ये ८५ प्रतिशत प्रतिस्पर्धात्मक प्रणालीबाट र १५ प्रतिशत विनाप्रतिस्पर्धाबाट बिक्री गरिने बैंकले जनाएको छ । यसअघि बैंकले जेठ ८ गते २९ अर्ब ७३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले कोशी प्रदेश अधिवेशन : १२ घन्टा पछि मतगणना सुरू
-
सातै प्रदेशमा लगानी सम्मेलन गर्ने उद्योग वाणिज्य महासङ्घको निर्णय
-
निर्माता रामप्रसाद रिजाल अस्पताल भर्ना
-
यस्तो छ फिल्म ‘दिमाग खराब’ को नयाँ गीत
-
बँदेललाई कृषि हानिकारक वन्यजन्तुको रूपमा घोषणा गर्ने तयारी, बाँदरबारे निर्देशन चाहिने
-
शिव शिखर सहकारीको अत्तरिया सेवा केन्द्र सिल, कैलालीबाट ३५ सय बढीले दिए उजुरी