नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको बयान सुरु
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतिवादीहरुको बयान लिन शुरु भएको छ । शुक्रवारदेखि काठमाडौँ जिल्ला अदालतमा बयान लिन शुरु भएको हो । आज पहिलो दिन केशव दुलाल र सागर राईको बयान हुने बताइएको छ ।
नेपालीहरूलाई नक्कली भूटानी शरणार्थी बनाइ अमेरिका पठाउने कार्यमा संलग्न ३० जनाविरूद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।
नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डे, पूवगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा विज्ञ इन्द्रजित राईलगायत उच्च पदस्थहरू जोडिएको मुद्दामा अमेरिका पठाइदिने भन्दै झन्डै २९ करोड रूपैयाँ भन्दा बढी उठाएको आरोप छ ।
यो प्रकरणमा १६ जना पक्राउ परेपनि १४ जना भने अझै फरार छन् । उनीहरूविरुद्ध ठगी, सरकारी लिखत कीर्ते, राष्ट्रियताविरूद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय ट्रेड युनियनमा अजय राई निर्वाचित
-
पर्वतको पर्यटकीय क्षेत्रमा पर्यटकको चहलपहल
-
मेनोपजसँग डर लाग्छ ? यस्ता छन् यसका फाइदाहरू
-
इजरायली हवाई आक्रमणबाट मृत्यु हुने लेबनानीको संख्या २ हजार ३०६ पुग्यो
-
सुहाउँदो क्यारेक्टर पाए म पनि हिरोको भूमिकामा खेल्छु : बुद्धि तामाङ
-
‘छक्कापञ्जा ५’ ले ५ दिनमा कति कमायो ?