बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रवासी नेपाली एकता मञ्च यूरोपले पठायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

शुक्रबार, १२ जेठ २०८०, २० : ५८
शुक्रबार, १२ जेठ २०८०

बेलायत । नेकपा एकीकृत समाजवादीको प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्चले नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन गरिएको मानव बेचबिखनमा नाम जोडिएका सबैमाथि अनुसन्धान गर्न माग गरेको छ। 

आज मञ्चको यूरोप कमिटीले बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यमार्फत  प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएको हो।

यूरोप कमिटी अध्यक्ष उमेशराज मोक्तान र महासचिव मनोज भुसालद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा आफ्नै नागरिकलाई शरणार्थी बनाएर विदेशमा बेच्ने कार्य जघन्य अपराध मात्र नभएर राष्ट्रियता तथा सार्वभौम प्रतिको भद्दा मजाक भएको उल्लेख छ।

मञ्चले सार्वभौम सत्ता सम्पन्न नेपाली जनता विरुद्ध पदीय आचरण दुरुपयोग गरी घटनामा संलग्न भएका सबैलाई कानूनी दायरामा ल्याई कठोर दण्ड गर्दे विधिको शासन र कानुनको राज स्थापित गर्न माग सहित ज्ञापन पत्रमार्फत यो प्रकरणमा संलग्नलाई हदै सम्मको कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप