बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
आर्थिक सर्वेक्षण

आज आर्थिक सर्वेक्षण २०७९–८० सार्वजनिक हुने

आइतबार, १४ जेठ २०८०, ११ : ११
आइतबार, १४ जेठ २०८०

काठमाडौँ । सरकारले चालू आर्थिक वर्ष २०७९–८० को आर्थिक सर्वेक्षण आज सार्वजनिक गर्ने भएको छ । आइतबार बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक सर्वेक्षण सार्वजनिक गर्नेछन् ।  संसद्को कार्यतालिकाअनुसार दिउँसो १ बजे आर्थिक सर्वेक्षण सार्वजनिक हुनेछ । 

सर्वेक्षणले आर्थिक वर्षभित्र भए गरेका आर्थिक प्रगति, समस्या र चुनौतीका साथमा आगामी आर्थिक वर्षमा गर्नुपर्ने सुधारात्मक कार्यक्रमहरू समेटिनेछन् । आजै ११ बजेदेखि बस्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल हुनेछ । छलफलपछि नियमावली मस्यौदा समितिको प्रतिवेदन आजै पारित गर्ने सम्भावित कार्यसूची छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप