मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय

दुई करोड रकम हिनामिना गरेको आरोपमा बारा हुलाक कार्यालयका प्रमुख पक्राउ

आइतबार, १४ जेठ २०८०, १२ : ०२
आइतबार, १४ जेठ २०८०

बारा । बचतकर्ताको झन्डै दुई करोड रकम हिनामिना गरेको आरोपमा प्रहरीले जिल्ला हुलाक कार्यालय बाराका प्रमुख बलिराम प्रसाद कुर्मीलाई नियन्त्रणमा लिएको छ ।

हुलाक बचत बैंकबाट एक करोड ९५ लाख ३४ हजार ९६६ रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीले ५० वर्षीय कुर्मीलाई शनिबार  नियन्त्रणमा लिएको हो ।  पर्साको बहादुरमाई गाँउपालिका २, घर भएका कुर्मी जिल्ला हुलाक कार्यालय कलैयाका प्रमुख हुन् ।

बचतकर्ताले दिएको उजुरीका आधारमा कुर्मीलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता पुरुषोत्तम पाण्डेले जनाएका छन् ।  कुर्मीले जिल्ला हुलका बचत बैंक कलैयामा सेवाग्राहीले जम्मा गरेको रकम हिनामिना गरेको विषयमा सेवाग्राहीले जिल्ला प्रशासन कार्यालय बारामा उजुरी दिएका थिए । पक्राउ परेका कुर्मीलाई आज जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रवक्ता पाण्डेले बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप