दुई करोड रकम हिनामिना गरेको आरोपमा बारा हुलाक कार्यालयका प्रमुख पक्राउ

बारा । बचतकर्ताको झन्डै दुई करोड रकम हिनामिना गरेको आरोपमा प्रहरीले जिल्ला हुलाक कार्यालय बाराका प्रमुख बलिराम प्रसाद कुर्मीलाई नियन्त्रणमा लिएको छ ।
हुलाक बचत बैंकबाट एक करोड ९५ लाख ३४ हजार ९६६ रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीले ५० वर्षीय कुर्मीलाई शनिबार नियन्त्रणमा लिएको हो । पर्साको बहादुरमाई गाँउपालिका २, घर भएका कुर्मी जिल्ला हुलाक कार्यालय कलैयाका प्रमुख हुन् ।
बचतकर्ताले दिएको उजुरीका आधारमा कुर्मीलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता पुरुषोत्तम पाण्डेले जनाएका छन् । कुर्मीले जिल्ला हुलका बचत बैंक कलैयामा सेवाग्राहीले जम्मा गरेको रकम हिनामिना गरेको विषयमा सेवाग्राहीले जिल्ला प्रशासन कार्यालय बारामा उजुरी दिएका थिए । पक्राउ परेका कुर्मीलाई आज जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रवक्ता पाण्डेले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘एनिमल’ रिलिज, ९ लाख बढी टिकट एडभान्स बुकिङ
-
लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको विकल्प छैन : उपप्रधानमन्त्री खड्का
-
१० लाख पर्यटक भित्र्याउने लक्ष्यनजिक सरकार, नोभेम्बरमा पनि १ लाख भित्रिए
-
बलिङ गर्नुअघि न्युजिल्यान्डका बलर ग्लेन फिलिप्सले बलमा र्याल दलेपछि
-
साधारण सदस्यसमेत नरहने गरी लोसपाबाट निलम्बनमा परे जय निशान्त
-
श्री एयरलाइन्सले आजदेखि सुरु गर्यो काठमाडौँ–सुर्खेत नियमित उडान