शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीलाई वामदेवको सुझाव : बचेर आउनुहोला !

आइतबार, १४ जेठ २०८०, १९ : २१
आइतबार, १४ जेठ २०८०

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भारत भ्रमणको सम्बन्धमा चारवटा सुझाव दिएका छन् । 

आइतबार प्रधानमन्त्री दाहालले पूर्वप्रधानमन्त्रीसहित पूर्वपरराष्ट्रमन्त्री लगायत शीर्ष नेताहरूलाई सुझावका लागि सिंहदरबारमा बोलाएका थिए । सो क्रममा गौतमले दिएका चार सुझावहरू यस्ता छन्: 

१. हाम्रो देश एकातिर अजिङ्गर र अर्कोतिर सिंह भएको अवस्थामा छौँ, बचेर आउनुहोला ।

२. ईपीजी लागु गर्न र कालापानी क्षेत्रबाट अतिक्रमण गरेर बसेका भारतीय सुरक्षा फौज जतिसक्दो हटाउन सहमति गराउनुहोला ।

३. लिम्पियाधुरा त्रिदेशीय नेपाल, चीन र भारतबीचको सीमाविन्दु हो भन्नेमा भारत र चीनलाई सहमत नगराउँदासम्म पञ्चेश्वर जलविद्युत परियोजना नेपालको पक्षमा नहुने भएकाले यसमा नेपालको संलग्नता नजनाउनुहोला । 

४. नेपालका ठुला उद्योगपति र सबै धनपतिहरूले मिलेमतोमा लाखको धितो राखेर अर्बौँ रूपमा नेपाली बैंकहरुबाट लगेका छन् र देशभित्र र बाहिर लगानी गरेर कालो धन कमाइ गरेका छन् । अहिले बैंकहरुसँग लगानीका निम्ति पैसा छैन । अख्तियारले तुरुन्त यस्ता कारोबारमा घुसेर जाँच पडताल गरोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप