वर्षाले बिथोलिएपछि आईपीएलको फाइनल आज
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल खेल सोमबार हुने भएको छ । आइतबार हुने भनिएको फाइनल खेल लगातारको वर्षाका कारण बिथोलिएपछि सोमबार फाइनल खेलाइन लागेको हो ।
आईपीएलको उपाधिका लागि महेन्द्रसिंह धोनीको चेन्नई सुपर किंग्स र हार्दिक पाण्ड्याको गुजरात टाइटन्सबीच अहमदाबादमा भिडन्त हुँदैछ । खेल वर्षाका कारण प्रभावित हुनसक्ने सम्भावनालाई ध्यानमा राखी फाइनलका लागि रिजर्भ डे राखिएको थियो ।
त्यसैले सोमबार फाइनल खेलाउन लागिएको हो । सोमबार पनि फाइनल खेल हुन नसके लिग चरणको खेलको प्रदर्शनका आधारमा हारजितको निर्णय लिइनेछ ।
सोमबारको खेल पनि वर्षाबाट प्रभावित भए साविक विजेता गुजरात टाइटन्सले उपाधि हात पार्नेछ । गुजरातले लिग चरणका १४ मध्ये १० खेल जितेको थियो भने चेन्नईले लिग चरणमा १४ मध्ये ८ खेलमा मात्र जित हासिल गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भृकुटीमण्डपमा हर्टिकल्चर एक्स्पो सुरु, तस्बिरमा हेर्नुहोस्
-
सुन तस्कर र कर्मचारीबिच कनेक्सनको गहिराइबारे अध्ययन गर्दै सहसचिव नेतृत्वको समिति
-
गृह जिल्लामै ओलीको निर्देशन पालना भएन, सहमतिको नाममा निर्वाचन कार्यतालिका सारियो
-
सहसचिव शर्माको नेतृत्वमा बजेटको मस्यौदा लेखन समिति गठन
-
द्रुतमार्गको सट्टाभर्ना बापत सेनाले वृक्षरोपण गरेको जग्गामा व्यक्तिको दाबी
-
रोमाञ्चक खेलमा आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २१ रनले हरायो