गणतन्त्रको अवसरमा रौतहटबाट १० जना कैदी रिहा
सोमबार, १५ जेठ २०८०, १० : ५५

रौतहट । गणतन्त्र दिवसको अवसरमा रौतहटबाट १० जना कैदी बन्दी रिहा भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा कैद सजाय माफीको घोषणा गरे अनुसार रौतहट कारागारमा बन्दी जीवन बिताइरहेका १० जना कैदी रिहा भएका हुन्।
रिहा हुनेहरूमा डाँका मुद्दामा कैदी जीवन बिताई रहेका सर्लाहीमा धनकौल ७ का मदन साह भन्ने रामाप्रवेश साह, डाँका मुद्दाका कैदी रामनगर ४ सर्लाहीका हृदय बैठा भन्ने हरिदेव बैठा, सवारी अङ्गभङ्ग मुद्दाका कमलामाई ९ सिन्धुलीका कुल बहादुर कार्की लगायत रहेको जेलर मणि भूषण साहले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कानुन निर्माणमा प्रतिनिधिसभा र राष्ट्रियसभाबीच जिम्मेवारी बाँडफाँट हुनुपर्छ : सांसद पौड्याल
-
आजियाटाले वेभसाइटबाट हटायो ‘एनसेल’
-
अशोक सिग्देललाई रथीमा बढुवा गर्ने सरकारकाे निर्णय
-
विराटनगर आगलागी अपडेट : मृत्यु हुनेको संख्या ३ पुग्यो
-
बागमती प्रदेश सरकारमाथि अख्तियारको नजर
-
‘जिगर’ मा एक्सन भूमिकामा देखिँदै आलिया