महिला क्रिकेटमा मलेसियासँग नेपालको ठूलो अन्तरको हार

काठमाडौँ । पहिलो टीट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली महिला टोलीले मलेसियासँग ठूलो अन्तरको हार भोगेको छ । घरेलु टोलीसँग पाँच खेलको टीट्वान्टी शृंखला खेल्न हाल नेपाली महिला क्रिकेट टोली मलेसिया भ्रमणमा छ । मलेसियाले सोमबार खेलिएको पहिलो खेलमा नेपाललाई पाँच विकेटले हराएको हो । नेपाली महिला क्रिकेट टोलीले पहिलो पटक मलेसियासँग हार भोगेको हो । जितसँगै मलेसियाले शृंखलामा १—० को अग्रता लिएको छ ।
यसअघि मलेसियासँग भएका तीनवटा टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल अपराजित रहेको थियो । नेपालले पहिलो ब्याटिङ गर्दै १६.५ ओभरमा अलआउट हुनुअघि ५० रनमात्र बनाउन सक्यो । जवाफी ब्याटिङमा ओर्लिएको मलेसियाले १३.२ ओभरमै पाँच विकेट गुमाएर विजय लक्ष्य हासिल गरेको थियो । मलेसियाको जितमा वान जुलियाले सर्वाधिक १३ रनको योगदान गरिन् । अइना हमिजाहले अविजित १२ रन बनाइन् । ईना नजवा ८ रनमा अविजित रहिन् । नेपालका लागि कप्तान रुबिना क्षेत्री र सीता रानामगरले समान २÷२ विकेट लिए । कविता कुँवरले पनि १ विकेट लिइन् ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालका लागि सम्झना खड्काले सर्वाधिक १३ रन बनाएकी थिइन् । टीट्वान्टी अन्तर्राष्ट्रिय प्रतियोगितामा सम्झनाको यो पहिलो खेल हो । टोलीको खातामा ज्योति पान्डेले ११ रन थपिन् । अन्य खेलाडीले भने दोहोरो संख्यामा रन बनाउन सकेनन् । मलेसियाका बलर नीक नुरले ३ विकेट लिइन् । आइसा एलिसा, आइना हमिजाह र महिरा इजाती ईश्माइलीले समान २÷२ विकेट लिए । नेपालका लागि मलेसियाविरुद्धको पहिलो खेलमा किर्तिका मरासिनीले पनि ‘डेब्यू’ गरेकी थिइन् ।
मलेसियासँग नेपालले दोस्रो खेल आगामी मंगलबार खेल्नेछ । तेस्रो खेल आगामी जुन १ तारिखमा, चौथो खेल जुन ३ तारिखमा र पाँचौं तथा अन्तिम खेल जुन ४ तारिखमा खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको मुख्यमन्त्रीमा महिला, रेखा गुप्ता बनिन् दलको नेता
-
ट्रम्पले भने– हामीले युक्रेनलाई अर्बौं डलर दियौँ, बदलामा केही पाएनौँ
-
‘विद्यार्थी विदेश जाने अवस्था अन्त्य हुनुपर्छ’
-
झलनाथ खनालको आक्रोश : यस्तो तरिकाले पार्टी चल्दैन, जनसङ्गठन पनि चल्दैनन्
-
एनआरएनएको विदेशका शाखामा निर्वाचन गराउन घलेले तोके कुँवरलाई कमाण्डर
-
१० बजे १० समाचार : केआईआईटी प्रकरणमा कूटनीतिक पहल जारी, ज्ञानेन्द्र शाहको सन्देशले राजावादी उत्साहित