मंगलबारदेखि पोखरामा राष्ट्रिय फोटो पत्रकार समूहको साहसिक पर्यटन फोटो प्रदर्शनी
सोमबार, १५ जेठ २०८०, १२ : ३२

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे)ले 'साहसिक पर्यटन' फोटो प्रदर्शनी आयोजना गर्ने भएको छ।
एसिया प्रशान्त क्षेत्रका ट्राभल संघ–संस्थाको छाता संंस्था ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन’ (पाटा) को सहयोग आगामि मंगलबारदेखि उक्त प्रदर्शनी गर्न लागेको हो।
नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्ध्दन गर्ने उद्देश्यले पोखराको होटल पोखरा ग्राण्डमा हुन लागेको प्रदर्शनीमा देशका विभिन्न स्थानमा खिचिएका उत्कृष्ट पर्यकीय र साहसिक फोटोहरु राखिने संयोजक सुनिल शर्माले जानकारी दिए। प्रदर्शनी जेठ १६ देखि १९ गते सम्म ४ दिन चल्नेछ।
प्रदर्शनीमा करिब ३० फोटो पत्रकारहरूले खिचेका ६० भन्दाबढी फोटोहरू राखिने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘तिम्रो मनमा लुकेको कुरा’ मा भुवन र शर्मिलाको अभिनय
-
बुबाको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ
-
लायन्स क्लबका पदाधिकारीले भेटे राष्ट्रपति पौडेललाई
-
‘एनिमल’ रिलिज, ९ लाख बढी टिकट एडभान्स बुकिङ
-
लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको विकल्प छैन : उपप्रधानमन्त्री खड्का
-
१० लाख पर्यटक भित्र्याउने लक्ष्यनजिक सरकार, नोभेम्बरमा पनि १ लाख भित्रिए