पीएसजीका गोरलक्षकको अवस्था चिन्ताजनक

काठमाडौँ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का गोलरक्षक सर्जियो रिकोको अवस्था चिन्ताजनक रहेको उनको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । उनलाई हाल संवेदनशील उपचार कक्ष (आईसीयू)मा राखेर उपचार गरिँदै छ । २९ वर्षीय सर्जियो घोडसवारका क्रममा दूर्घटनामा परी घाइते भएका थिए ।
पीएसजीले पनि गोलरक्षक सर्जियोको अवस्था चिन्ताजनक रहेको जनाएको छ । ‘सर्जियोको अहिले उपचार भइरहेको छ । दक्ष चिकित्सकहरु उनको उपचारमा खटिएका छन् । हामीलाई विश्वास छ, उनी छिट्टै ठिक भएर मैदानमा फर्कनेछन्,’ पीएसजीले भनेको छ ।
स्पेनको हुएल्भामा घोड् सवारीका क्रममा उनको घोडा बेगले दौडिरहेको अर्को घोडासँग ठोक्किएको थियो ।
सर्जियो स्पेनको राष्ट्रिय टोलीका खेलाडी पनि हुन् । दूर्घटनामा परेपछि उनलाई तत्काल उपचारका लागि हेलिकप्टरबाट सेभियास्थित अस्पताल पुर्याइएको थियो ।
गत शनिबार पीएसजीले स्ट्रासबर्गलाई १—१ गोलको बराबरीमा रोक्दै फ्रेन्च लिगको उपाधि चुम्दा सर्जियो मैदानमा थिएनन् । पीएसजीले कीर्तिमानी रुपमा ११औं पटक फ्रेन्च लिगको उपाधि जितेपछि उनी स्पेन फर्किएका थिए । उनले पीएसजीका लागि हालसम्म २९ खेल खेलेका छन् ।
सर्जियोको पूर्वक्लबहरुले पनि उनको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
स्पेनिस क्लब सेभियाका पूर्वगोलरक्षक सर्जियो सन् २०१९ मा पीएसजीमा आबद्ध भएका थिए । त्यसअघि उनले इङ्लिस प्रिमियर लिग क्लब फुलहामबाट पनि ब्यवसायीक फुटबल खेलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
युरोपमा गुगलको अर्को विशाल साइबर सुरक्षा केन्द्र स्थापना
-
कानुनी सहायतासम्बन्धी सम्मेलन भारतमा सम्पन्न : नेपालका प्रधानन्यायाधीशसहित सहभागी
-
कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षामन्त्री खड्कालाई
-
प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन दुबई प्रस्थान
-
रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका मुख्य समाचार
-
विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ