बजेट साह्रै राम्रो आएको छ : ज्ञानेन्द्र शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बजेट राम्रो आएको प्रतिक्रिया दिएका छन् ।
संसद् भवनमा सञ्चारकर्मीसँग उनले भने, ‘बजेट राम्रो आएको छ । मुख्य कुरा कार्यान्वयनको पक्ष हो । कार्यान्वयन गर्ने पक्षलाई हामीले सफल बनाउनुपर्छ ।’
कृषिको कुरा बजेटले सम्बोधन नभए पनि जडीबुटी कुरा बजेटमा साह्रै राम्रो आएको शाहीले बताए । उनले भने, ‘जुम्लाको समग्र हिसाबले पनि धेरै कुरा समेटिएको छ । हामी विपक्षी भए पनि बजेटका केही सबल पाटा छन् ।’
बजेटलाई कार्यान्वयन गर्ने कुरामा सबै ध्यान दिनुपर्ने उनले बताए । संसद् विकास कोष आवश्यक नभए पनि बजेट विनियोजित भइसकेपछि एक जना सांसदले बोल्नुको अर्थ नभएको शाहीले बताए ।
‘सांसद विकास कोषका नाममा विनियोजित ५ करोड बजेट भएको छ । विगतमा यसको अनियमितता भएको थियो । अब यसको अडिट गर्ने व्यवस्था गर्नुपर्छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ