कैलालीमा मिटरब्याजीविरुद्ध २४४ उजुरी दर्ता
मङ्गलबार, १६ जेठ २०८०, ०६ : २९

धनगढी । कैलालीमा मिटरब्याजी विरुद्ध दुई सय ४४ उजुरी परेका छन्। सरकारले मिटरब्याजी विरुद्ध उजुरी दिन आह्वान गरेपछि दुई सय ४४ मिटरब्याज पीडितले जिल्ला प्रशासन कार्यालय कैलालीमा उजुरी दिएका हुन्।
उजुरी परेका साहुकारहरूलाई जिल्ला प्रशासन कार्यालयमा बोलाई मिलापत्र गराउने र मुद्दा चलाउन मिल्ने माथि सम्पत्ति शुद्धीकरणलगायत मुद्दा प्रक्रिया अगाडि बढाइने बताइएको छ। मिटरब्याजी साहुले लिएको ऋणभन्दा बढीको कागज बनाएको र ऋण तिरे पछि पनि अझ धेरै ऋण बाँकी रहेको भन्दै कागज देखाएर घर घडेरी नै आफ्नो नाममा पास गर्न थालेपछि त्यस विरुद्ध पीडितले प्रशासनमा उजुरी दर्ता गएका हुन्।
सरकारले अध्यादेशमार्फत अनुचित लेनदेनसम्बन्धी कानुन बनाएर उजुरी लिन सुरु गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढकाल नियुक्त
-
धरानमा विमानस्थल निर्माणका लागि अध्ययन सुरु
-
संयुक्त राष्ट्रका महासचिवद्वारा गाजामा मानवीय विपत्ति रोक्न आग्रह
-
अधिकारको सम्मानमात्र लोकतान्त्रिक शासन प्रणाली बलियो हुन्छ: राष्ट्रपति
-
नारायणी नदीमा क्रुजसिप पुनः सञ्चालनमा
-
कवि ढुङ्गानालाई झर्रो शैली सम्मान