गणतन्त्रपछि पुरानो अपराधीको ठाउँ नयाँ अपराधीले लियो : विजुक्छें

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले गणतन्त्रपछि पुरानो अपराधीको ठाउँ नयाँ अपराधीले लिएको बताएका छन् । गणतन्त्र अघि एकजना राजाले लिएको ठाउँं अहिले धेरै राजाहरुले लिएको उनको भनाई थियो ।
भक्तपुरमा आयोजित एउटा कार्यक्रममा उनले ठूल्ठूला पदमा बस्नेहरु नै अपराधी भएको दोह्याए । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेहरु देशद्रोही अपराधी भएको उनको भनाई थियो । पटकपटक अपराधी शव्द दोह्याएका उनले एकजना अपराधीको ठाउँंमा धेरै अपराधीहरु हुँंदा देश यो स्थितिमा पुगेको उनको भनाइ छ ।
एउटा राजाको ठाउँंमा धेरै राजाहरुले ठाउँं लिंदै आएको बताउँंदै आएका उनले अपराधीहरुको संख्या झनझन् बढ्ने क्रममा रहेको भन्दै चिन्ता व्यक्त गरे । उनले भने, ती अपराधीहरुले नै देशलाई, जनतालाई दोह्याइरहेका छन् । यसकारण जनता सचेत हुनुपर्ने उनको धारणा थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनएसएल खेल्न नेपाल फर्कने विमल घर्तीमगरकाे संकेत
-
बागमती प्रदेश मन्त्रिपरिषद बैठक : ६ निकायमा कार्यरत कर्मचारीको दरबन्दी तेरिज स्वीकृत
-
संसदीय समितिले छलफलका लागि भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालालाई बोलायो
-
कर्णाली एमाले अधिवेशन : २०० मत गणना गर्दा अध्यक्षका उम्मेदवार शाहको अग्रता कायमै, सचिवमा शाहीको अग्रता
-
बंगलादेशमा डेंगुबाट एक हजार जनाको मृत्यु
-
नेपाल र भारतबीचको खेलका अवसरमा डिशहोमले ल्यायो आकर्षक अफर