बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
संसदीय सुनुवाइ विशेष समितिको बैठक

संवैधानिक परिषदबाट सिफारिस भएका व्यक्ति सुनुवाइ समितिमा रोकिन सक्छन् : अध्यक्ष तिमिल्सिना

मङ्गलबार, १६ जेठ २०८०, ०८ : ५५
मङ्गलबार, १६ जेठ २०८०

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घीय संसद् अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिका सदस्यलाई बैठकमा समय पालना गर्न आग्रह गरेका छन् । 

मंगलबार सिंहदरबार स्थित संसद् सचिवालयमा बसेको समितिको पहिलो बैठकमा संवोधन गर्दै अध्यक्ष तिमिल्सिनाले सुनुवाइ समितिको बैठक समयमा सुरु गर्न समयमा सक्न आग्रह गरे । 

अध्यक्ष तिमिल्सिनाले संवैधानिक निकायमा नियुक्तिका विषय सुनुवाइ गर्दा उनीहरूको पृष्ठभूमि लगायतका विषय ध्यान दिन आग्रह गरे । समितिमा दलको ह्विप नलाग्ने भए पनि सम्पूर्ण सदस्य भएर सुनुवाइ गरी निर्णय लिन आग्रह गरे ।  

उनले सार्वजनिक सुनुवाइ खाली प्रक्रिया पूरा गर्ने मात्र  भनेर नसोच्न आग्रह गरे । उनले संवैधानिक परिषदबाट  सिफारिस भएर आएका व्यक्ति समितिमा आएर पनि रोकिन सक्छन् भन्ने सोच्न आग्रह गरे । विगतको सोचाइबाट र अनुभवका आधारमा समितिलाई प्रभावकारी बनाउन आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप