प्रधानन्यायाधीश लगायतका नियुक्तिका लागि सुनुवाइ छिटो गर्नुपर्नेछ : सभामुख घिमिरे
मङ्गलबार, १६ जेठ २०८०, ०९ : ३३

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय सुनुवाइको काम छिटो अघि बढाउनुपर्ने बताएका छन् । मंगलबार सिंहदरबारमा बसेको समितिको पहिलो बैठकमा संवोधन गर्दै उनले संवैधानिक परिषद्बाट सिफारिस सर्वोच्चका प्रधानन्यायाधीश लगायतको सुनुवाइको काम ढिलाइ भएको बताए ।
सभामुख घिमिरेले भने –‘विभिन्न कारणले समिति गठनमा ढिलाइ हुँदा लामो समयदेखि सुनुवाइ हुन बाँकी छ । बैशाख २७ गतेबाट चिठी आएर प्रधानन्यायाधीशको सुनुवाइ रोकिएको छ । संसदीय सुनुवाइको क्रममा यहाँहरूको दृष्टिकोणबाट महत्त्वपूर्ण निर्णयहरू हुन सक्नेछ भन्ने अपेक्षा लिएको छु ।’
उनले समितिका सदस्यहरू राजनीतिमा धेरै हिसाबले खारिएका, अहिलेको व्यवस्था ल्याउन भूमिका खेल्ने परिपक्व, पाको र जिम्मेवार सांसदहरू रहेको बताउँदै आफ्नो जिम्मेवारी पूरा गर्ने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपमा गुगलको अर्को विशाल साइबर सुरक्षा केन्द्र स्थापना
-
कानुनी सहायतासम्बन्धी सम्मेलन भारतमा सम्पन्न : नेपालका प्रधानन्यायाधीशसहित सहभागी
-
कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षामन्त्री खड्कालाई
-
प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन दुबई प्रस्थान
-
रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका मुख्य समाचार
-
विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ