धादिङमा घाँस काट्न गएका आमा–छोराको मृत्यु
मंगलबार, १६ जेठ २०८०, ११ : २९

काठमाडौँ । धादिङको बेनिघाट रोराङ गाउँपालिकामा घाँस काट्न गएका आमा छोराको मृत्यु भएको छ । बेनीघाट रोराङ गाउँपालिका–२ मा भिरबाट लडेर आमा छोराको मृत्यु भएको धादिङका एसपी गौतम मिश्रले रातोपाटीलाई बताए ।
मृत्यु हुनेमा १९ वर्षीया अप्सरा चेपाङ र उनका दुई वर्षीय छोरा साजन चेपाङ छन् । सोमबार साढे ५ बजे घाँस काट्ने क्रममा पिठ्युँमा बोकेको छोरासहित अप्सरा लडेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । अप्सरा गर्भवती पनि थिइन् । आमा र बच्चाको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल धादिङमा ल्याएको एसपी मिश्रले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाख्रापालनबाट वार्षिक रु सात लाख आम्दानी गर्दै आले
-
एमाले कर्णाली अधिवेशन : अझै सुरु हुन सकेन मतदान
-
जनतालाई विधायिकाको भूमिकाकाबारे स्पष्ट बुझाइएको रहेनछ : सांसद पराजुली
-
नेपालले मालदिभ्सलाई दियो २१३ रनको लक्ष्य
-
एमाले गण्डकी अधिवेशन : नौ सय सात प्रतिनिधिले भाग लिँदै
-
नेपालले छैटौँ विकेट गुमायो, रोहित पौडेल आउट