कुसुमलाई प्रश्न : ‘सकम्बरी’ जस्तै हुन्छु भन्ने डर छ कि छैन ?

काठमाडौँ । गायक प्रकाश सपुतको पछिल्लो विवादित गीत ‘सकम्बरी’ की मोडल हुन् कुसुम शर्मा । यो गीतको भिडियो अभिनयपछि रातारात हिट भएकी उनी पछिल्लो समय सधैँ मिडियामा छाउन सफल छिन् ।
मिडियामा उनको चर्चाको विषय ‘सकम्बरी’ भिडियो अभिनय नै हुने गरेको छ । अहिलेसम्म ३ करोड भन्दा बढीले हेरेको यो गीतको भिडियाेकी मोडल शर्मा जहाँ भेटिन्छिन्, मिडियाकर्मीको प्रश्न तेर्सिने गर्छ । भोलिका दिनमा तपाईलाई ‘सकम्बरी’ जस्तै हुन्छु भन्ने डर छ कि छैन ?
हालै राजधानीमा आयोजित पत्रकार सम्मेलनमा पनि शर्मा माथि यही प्रश्न दोहोरियो । जवाफमा उनले आफू यो कुरोमा सजग रहेको बताइन् । उनले भनिन्, ‘म यो कुरामा सजग छु । मलाई हरेक स्टेपमा के गर्नुपर्छ भन्ने कुरा थाहा छ ।’
कार्यक्रममा उनलाई प्रेमको विषयमा समेत प्रश्न राखिएको थियो । यस विषयमा उनले आफू कसैको प्रेममा नरहेको बताइन् । भनिन्, ‘जोसँग काम गर्यो, उहीसँग नाम जोड्न थाल्यो भने त भोलिका दिनमा सबैसँग नाम जोडिएला । त्यसलाई के भन्ने ।’
कार्यक्रममा गायक प्रकाश सपुतले ‘सकम्बरी’ गीतमा आफूले बोल्न नसकेको व्यक्तिको पीडा बोलेको बताए । उनले सक्षम भइसकेका नारीको आवाजभन्दा पनि जो बोल्न सकिरहेका छैनन्, जसले आत्मनिर्णय गर्न सकेका छैनन् र जो स्वतन्त्र छैनन् सिर्जना मार्फत उनीहरुको आवाज म बोलिदिने गरेको छु । आगामी दिनमा पनि सिर्जना मार्फत आफूले यस्तै कुरो अगाडि ल्याउने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँका चार स्थानीय तहमा राष्ट्रपति रनिङशिल्ड
-
टीकापुर अस्पतालमा बिहान आठ बजेदेखि नै ओपिडी सेवा
-
बैतडीमा राष्ट्रिय परिचयपत्र वितरण सुरु
-
एनसेलको सेयर खरिद बिक्रीबारे अदालतको आदेशदेखि छानबिन समिति गठनसम्म
-
लुम्बिनीमा धेरै विदेशी लगानीकर्ताले लगानी गर्न चाहेका छन् : मुख्यमन्त्री चौधरी
-
शाही युवा शक्तिका अध्यक्ष खड्का रिहा