सोमबार, २८ असोज २०८१
ताजा लोकप्रिय

सन्दीपको पक्षमा माइतीघरमा प्रदर्शन

मङ्गलबार, १६ जेठ २०८०, १२ : २३
मङ्गलबार, १६ जेठ २०८०

काठमाडौँ । स्वतन्त्र युवाहरूले क्रिकेटर सन्दीप लामिछानेको पक्षमा माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । 

सन्दीपको मुद्दाको फैसला छिटो आउनुपर्ने र उनले न्याय पाउनुपर्ने माग गर्दै युवाहरूले ब्यानरसहित  मण्डलामा प्रदर्शन गरेका हुन् । 

लामिछाने विरुद्धको बलात्कार मुद्दा आजै न्यायाधीश शङ्कर बहादुर राईको इजलासमा सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँको इजलास नम्बर–१८ मा न्यायाधीश राईले सुनुवाइ गर्ने गरी पेशी तोकिएको छ । 

IMG_8232IMG_8231IMG_8225IMG_8224

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप