सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

भारत जाने मन्त्रीलाई ठाकुर गैह्रेको सुझाव–‘भारतीय संसद्को नक्साबाट लुम्बिनी  हटाउन भन्नुहोला’

मङ्गलबार, १६ जेठ २०८०, १२ : २९
मङ्गलबार, १६ जेठ २०८०

काठमाडौँ । नेकपा एमालेका सांसद ठाकुर गैह्रेले भारतको संसद् भवनको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनीलाई समेटेको विषयमा कुरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार सिंहदरबारस्थित पूर्वाधार विकास समितिको बैठकमा सहभागी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतलाई ध्यानाकर्षण सांसद गैह्रेले ध्यानाकर्षण गराएका हुन् । 

बैठकमा सहभागी मन्त्री बस्नेतलाई उनले भारतले आफ्नो संसद् भवनको नक्सामा नेपालको लुम्बिनी राखेको जानकारी गराउँदै  क्रममा त्यसबारे नेपालको तर्फबाट आफ्नो कुरा राख्न आग्रह गरे । 

जवाफमा मन्त्री बस्नेतले भारतको बिहारमा पनि त्यही नाम गरेको ठाउँ रहेको भन्ने भारतीय पक्षको कुरा रहेको बताउँदै सांसद गैह्रेले राखेको कुरामा भारतीय पक्षलाई राख्ने प्रतिबद्धता जनाएका छन् । 

समितिको बैठकमा समितिको आन्तरिक कार्यविधि बनाउने विषयमा सांसदहरूले छलफल गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप