कालीप्रसादले तताए पोखरा

काठमाडौँ । गायक, गीतकार तथा सङ्गीतकार कालीप्रसाद बास्कोटाले साथीभाई व्याण्ड किङ्ग्स लाउन्ज पोखरामा साङ्गीतिक प्रस्तुति दिएका छन् । लाउन्जको चौथो वार्षिकोत्सवको अवसर पारेर आयोजित कार्यक्रममा कालीले आफ्ना पुरानादेखि नयाँ हिट गीतहरू सुनाएका थिए ।
पीभीई नेटवर्कले व्यवस्थापन गरेको कार्यक्रममा कालीले ‘अजम्बरी’, ‘माया पिरती’, ‘साली मन पर्यो’, ‘लप्पन छप्पन’ र ‘पारी त्यो डाँडामाथि’लगायतका गीत सुनाएका थिए । लाउन्जले वार्षिकोत्सवमा कालीको कार्यक्रम हेर्न आउने दर्शकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरेपछि लाउन्ज हाउस फूल भएको थियो ।
काली अहिले नेपालसहित, भारत, अमेरिका, क्यानडा र अस्ट्रेलियामा साङ्गीतिक टुरको तयारी गरिरहेका छन् ।
लाउन्जका सञ्चालक ध्रुव केसीले विभिन्न चुनौतीका बाबजुद पनि लाउन्जले चार वर्ष पुरा गरेकोमा खुशी व्यक्त गरे । पोखरामा किङ्ग्स लाउन्जलाई उत्कृष्ट सेवा र परिकारका लागि चिनिन्छ ।
कार्यक्रममा चार वर्षदेखि लाउन्जमा निरन्तर खटिरहेका कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा धेरै विदेशी लगानीकर्ताले लगानी गर्न चाहेका छन् : मुख्यमन्त्री चौधरी
-
शाही युवा शक्तिका अध्यक्ष खड्का रिहा
-
दूतावासको घुम्ती सेवाबाट ६ सय ६५ जना लाभान्वित, ९६ लाख राजश्व संकलन
-
सिरहामा लागु औषधसहित एक पुरुष पक्राउ
-
दक्षिणी भानुआतुमा ७.१ म्याग्निच्युडको भूकम्प
-
पूर्व माओवादीले अर्काको जग्गामा गाडेको झण्डा प्रहरीले हटायो