शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पीएलएफआईका नेतालाई नेपालले भारत सुपुर्दगी गरेको आरोप

मङ्गलबार, १६ जेठ २०८०, १३ : १९
मङ्गलबार, १६ जेठ २०८०

काठमाडौँ । नेकपा क्रान्तिकारी माओवादीले पिपुल्स लिवरेशन फ्रन्ट अफ इण्डिया (पीएलएफआई) का नेता दिनेश गोपेलाई नेपाल सरकारले नेपालबाट गिरफ्तार गरी दिल्ली सरकारलाई सुपुर्दगी गरेको आरोप लगाएको छ ।  गत जेठ ७ गते राँचीबाट प्रकाशित न्यु इण्डिया एक्सप्रेसमा प्रकाशित समाचारलाई उद्धृत गर्दै पार्टीले सो आरोप लगाएको हो ।

एकजना पुलिस अधिकृतलाई उद्धृत गरेर ‘उनलाई नेपालबाट पक्रिएर थप अदालती कार्बाहीका लागि दिल्ली ल्याइँदै छ’ एक्सप्रेसमा प्रकाशित गरेको समाचारले यसको पुष्टि गर्ने पार्टीको ठहर छ । विज्ञप्तिमा भनिएको छ, ‘नेपाल र भारत सरकारका बीच सुपुर्दगी सन्धि नगरिएको सन्दर्भमा नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको पूर्व सन्ध्यामा गरिएको सुपुर्दगीको यो परिघटना भारतीय शासक वर्गलाई खुसी पार्न गरिएको एउटा गम्भीर राष्ट्रघाती कार्य हो ।’ 

पार्टीले यस परिघटनाको घोर निन्दा तथा गर्दै राष्ट्रिय आत्मसमर्पणवादका विरुद्ध देशको स्वाभिमान तथा राष्ट्रिय स्वाधीनताको पक्षमा आवाज उठाउन अपिल समेत गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप