पूर्वाधार समितिको आन्तरिक कार्यविधि बनाउन ८ सदस्यीय उपसमिति गठन
मङ्गलबार, १६ जेठ २०८०, १३ : ३४

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार समितिको आन्तरिक कार्यविधि बनाउन ८ सदस्यीय समिति गठन गरिएको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा ज्येष्ठ सदस्य लालवीर चौधरीको अध्यक्ष रहने गरी प्रदीप पौडेल, ठाकुर गैह्रे, माधव सापकोटा, निशा डाँगी, बिना लामा, सिके राउत र सुशीला श्रेष्ठ सदस्य रहेका छन् ।
कार्यविधि मस्यौदा तयार गर्न उपसमितिलाई ७ दिनको समय दिइएको छ । समितिको बैठकमा एमाले सांसद गोकर्ण विष्टले आन्तरिक कार्यविधि विस्तृत छलफल गरेर बनाउन जोड गर्दै उपसमिति बनाउन आग्रह गरेपछि उपसमिति बनाइएको हो । जबकि अन्य संसदीय समितिहरूले एक दिनमा पनि आन्तरिक कार्यविधि पारित गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बालरोग विशेषज्ञको अभाव
-
चितवन राष्ट्रिय निकुञ्जमा देखियो दाह्रा नभएको भाले हात्ती, सतर्कता अपनाउन आग्रह
-
ईसेवा मनि ट्रान्स्फर र जि.एस क्यासलाइनबिच रेमिट्यान्स भुक्तानी सम्झौता
-
कांग्रेस प्रतिनिधि नआउँदा फतुवा विजयपुरको बैठक स्थगित, नगरसभा थप अन्योलमा
-
अरुण प्रवेश मार्ग मुआब्जा : कार्यदलले काम थाल्यो
-
मधेस प्रदेशसभा : संविधानप्रदत्त अधिकारका लागि सङ्कल्प प्रस्ताव पारित