पूर्वाधार समितिको आन्तरिक कार्यविधि बनाउन ८ सदस्यीय उपसमिति गठन
मङ्गलबार, १६ जेठ २०८०, १३ : ३४

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार समितिको आन्तरिक कार्यविधि बनाउन ८ सदस्यीय समिति गठन गरिएको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा ज्येष्ठ सदस्य लालवीर चौधरीको अध्यक्ष रहने गरी प्रदीप पौडेल, ठाकुर गैह्रे, माधव सापकोटा, निशा डाँगी, बिना लामा, सिके राउत र सुशीला श्रेष्ठ सदस्य रहेका छन् ।
कार्यविधि मस्यौदा तयार गर्न उपसमितिलाई ७ दिनको समय दिइएको छ । समितिको बैठकमा एमाले सांसद गोकर्ण विष्टले आन्तरिक कार्यविधि विस्तृत छलफल गरेर बनाउन जोड गर्दै उपसमिति बनाउन आग्रह गरेपछि उपसमिति बनाइएको हो । जबकि अन्य संसदीय समितिहरूले एक दिनमा पनि आन्तरिक कार्यविधि पारित गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा धेरै विदेशी लगानीकर्ताले लगानी गर्न चाहेका छन् : मुख्यमन्त्री चौधरी
-
शाही युवा शक्तिका अध्यक्ष खड्का रिहा
-
दूतावासको घुम्ती सेवाबाट ६ सय ६५ जना लाभान्वित, ९६ लाख राजश्व संकलन
-
सिरहामा लागु औषधसहित एक पुरुष पक्राउ
-
दक्षिणी भानुआतुमा ७.१ म्याग्निच्युडको भूकम्प
-
पूर्व माओवादीले अर्काको जग्गामा गाडेको झण्डा प्रहरीले हटायो