समाचार
महोत्तरीमा दिनदहाडै बैंक लुटियो
मङ्गलबार, १६ जेठ २०८०, १४ : ०५

महोत्तरी। महोत्तरीमा हतियारधारी समूहले दिनदहाडै बैंक लुटेका छन् । हतियारधारी समूहले महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट १२ बजेर २० मिनेटमा रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रहरीका अनुसार हतियारधारी समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेर लगेको हो । उनीहरूले कति रकम लुटपाट गरे भन्ने खुलेको छैन ।
प्रत्यक्षदर्शीका अनुसार ४ जनाको समूहमा आएका अपरिचित व्यक्तिहरूले बैंकमा लुटपाट गरेका थिए । बैंक लुटपाट गरेपछि मोटरसाइकलमा दुईजना पर्सातिर र दुईजना प्रकौलितिर भागेका छन् । बैंकबाट प्रहरी चौकी करिब ७ सय मिटरको दुरीमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोहन वैद्यको अस्थायी संयुक्त सरकारको प्रस्तावमा के छ ?
-
लोप हुँदै माझी समुदायको मौलिक संस्कृति बाजा
-
अस्थिरता निम्त्याउने चलखेल भइरहेको छ : महासचिव गुरुङ
-
ठमेलका चोकमा सिसी क्यामरा जडान
-
लापरबाहीले मानिसको मृत्यु भएको भन्दै विराटनगर महानगरविरुद्ध प्रदर्शन
-
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक