बीएमसीए बास्केटबलमा ५३ टिम

काठमाडौँ । बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) को आयोजनामा प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा ५३ टोलीको सहभागिता रहने जानकारी एकेडेमीका प्रधानाध्यापक मोहनप्रसाद भट्टले मंगलबार आयोजित पत्रकार सम्मेलनमा दिए ।
प्रतियोगिताका सिनियर छात्रमा २७, सिनियर छात्रामा १६ र जुनियर छात्रमा १० टोली सहभागी हुने छन् । सिनियर छात्रलाई आठ समूह, सिनियर छात्रालाई चार समूह र जुनियर छात्रलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
तीनै विधाका विजेताले १५ हजार र उपविजेताले १० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । व्यक्तिगत विधातर्फ ‘मोस्ट भेलुएबल प्लेयर’, उत्कृष्ट ‘थ्री प्वाइन्टर’ र सर्वाधिक स्कोरकर्तालाई नगद पुरस्कार प्रदान गरिने छ ।
पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष लक्ष्मीदेवी तामाङले खेलकुदमा पहिलो प्रयास स्वरुप विद्यालयले बास्केटबल प्रतियोगिता आयोजना गरेको बताउदै आगामी दिनमा पनि प्रतियोगिताले निरन्तरता पाउने बताइन् ।
बूढानीलकण्ठ नगरपालिकाका पूर्वमेयर एवं एकेडेमीका गुठियार उद्धवप्रसाद खरेलले प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न स्थानीय सरकारको पनि सहयोग हुने विश्वास व्यक्त गरे । प्रतियोगिताका खेलहरु बूढानीलकण्ठ नगरपालिका—२ रुद्रेश्वर हाइटस्थित आयोजक विद्यालयको कोर्टमा खेलाइने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँट, ११ लाख भन्दा बढीको हात खाली
-
टिकटकमाथिको प्रतिबन्धविरुद्ध दायर रिट निवेदन न्यायाधीशद्वय माथेमा र शर्माको संयुक्त इजलासमा
-
५ मिनेटमा ६ लाख थान फोन बिक्री
-
प्यान नम्बरसहितको बिल प्रयोग गर्न स्वास्थ्य बीमा बोर्डको आग्रह
-
एनसेललाई कारबाही गर्न संयुक्त विद्यार्थी संगठनको माग
-
जनवरीको पहिलो हप्ता भारतीय विदेश मन्त्री एस जयशंकर नेपाल आउँदै