बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस नेतृ तथा पूर्वमन्त्री मीना पाण्डेको निधन

मङ्गलबार, १६ जेठ २०८०, १६ : २४
मङ्गलबार, १६ जेठ २०८०

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ तथा पूर्वमन्त्री मीना पाण्डे निधन भएको छ । क्यासरबाट पीडित रहेकी पाण्डेको काठमाडौंमा उपचारका क्रममा ७२ वर्षको उमेरमा निधन भएको हो ।  

पाण्डेको आजै पशुपति आर्यघाट दाहसंस्कारको तयारी भइरहेको पारिवारिक स्रोतले जनाएको छ । सर्लाही– २ बाट २०४८ र ०५१ मा प्रत्यक्ष  निर्वाचित भएकी पाण्डे २०७४ मा समानुपातिक सांसद थिइन् । ०५६ सालमा महिला, बालबालिका तथा समाजकल्याणमन्त्री भएकी थिइन् ।

२०२५ सालदेखि राजनीतिमा लागेकी पाण्डे पद्मकन्या कलेजको स्ववियु सभापति समेत भएकी थिइन् । नेपाल महिला संघमा अध्यक्षको जिम्मेवारी समेत सम्हालेकी पाण्डे पार्टीको ११ औं महाधिवेशनमा पार्टीको केन्द्रीय समिति सदस्य बनेकी थिइन् । स्वास्थ्यमा समस्या देखिएपछि पछिल्लो समय उनी निष्क्रिय थिइन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाण्डेको निधनमा शोक प्रकट गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप