बिहीबार, २४ असोज २०८१
ताजा लोकप्रिय

बायाँबाट आइरहेको सकारात्मक आवाजलाई दिमागले छिट्टै चिन्छ

मङ्गलबार, १६ जेठ २०८०, १६ : ५३
मङ्गलबार, १६ जेठ २०८०

श्रवणबारे विभिन्न खालका अध्ययन हुँदै आएका छन् । कानको स्वास्थ्यका लागि कति डेसीबलसम्मको आवाज सुन्नु सही, कतिसम्मको खतरनाक  भन्ने कुरामा पछिल्ला अध्ययन बढी केन्द्रित छन् । तर हालै एउटा नयाँ अनुसन्धान गरिएको छ जसले ‘लिसनिङ बायस’ बारे कुरा गर्छ । यसका अनुसार यदि कसैले राम्रो कुरा गरिरहेको छ हाँसिरहेको छ र त्यो आवाज बायाँ कानबाट बढी सुनिएको छ भने मस्तिष्कमा यसको असर बढी हुन्छ । यसले दिमागको अडिटरी सिस्टममा न्युरल एक्टिभिटी बढ्ने गर्छ जसको ह्याप्पी हर्मोन्ससँग सम्बन्ध छ । 

शोधमा समावेश स्विस युनिभर्सिटीकी डा. सेन्ड्रा दी कोस्टा र टिमले १३ जनामाथि अनुसन्धान गरे । यसका लागि फङ्सनल म्याग्नेटिक रिजोनेन्स इमेजिङ प्रविधिको मद्दत लिइयो । एमआरआईको क्रममा कुनै राम्रो कुरालाई दायाँ बाँया दुवै कानमा पर्ने गरी  सुनाइयो । यति बेला दायाँ तर्फबाट आइरहेको हरेक राम्रो कुरामा दिमागले तुरुन्तै प्रतिक्रिया दिइरहेको पाइयो । यहाँसम्म कि यदि कुनै राम्रो सङ्गीत बायाँ तर्फबाट चलिरहेको छ भने त्यसको असर तीव्र असर देखियो ।

soundअनुसन्धाताले विभिन्न भाव भएको सङ्गीतमा ध्यान दिए । यसमा न्युट्रलदेखि नकारात्मक, डर जगाउने र राम्रो भाव भएको सङ्गीत पनि समावेश थिए । यति बेला अडिटरी कर्टेक्स राम्रो, आनन्द दिने सङ्गीत वा राम्रो कुरा, वा हाँसोमा बढी सक्रिय हुने हुन्छन् । यो समयमा डोपामाइन र अक्सिटोसिनको स्राव पनि बढ्ने गर्छ, जसलाई ह्याप्पीनेस हर्मोन पनि भनिन्छ । 

बायाँ कानसँग इमोसनको सम्बन्ध पहिले पनि देखिएको हो । ब्रेन एन्ड ल्याङ्वेज जर्नलमा यसबारे थुप्रै अध्ययन सन् २००० देखि नै छापिँदै आएका छन् । यति बेला बायाँ कानले कुनै आवाजको इमोसनल टोनलाई पहिचान गर्न सक्छ भन्ने पत्ता लाग्यो । सामान्य पिचमा कुरा गर्दा पनि कोही रिसाइरहेको छ वा खुसी भइरहेको छ भन्ने कुरा बायाँ कानले पहिचान गर्न सक्छ । बायाँ कानबाट सूचना लिएर यसले दिमागको दाहिने हेमिस्फेयरसम्म पुर्‍याउने गर्छ ।  त्यसपछि मात्रै त्यो कुरा अनुसारको प्रतिक्रिया हुन्छ । 

यस्तो किन हुन्छ, यसबारे अनुसन्धातासँग पक्का जानकारी छैन । यसबारे ठुलो स्याम्पल साइज लिएर शोध गर्दा केही नयाँ कुरा आउने अनुमान गरिएको छ जसको गहिरो सम्बन्ध मानिसको समग्र स्वास्थ्यसँग हुनसक्छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप