शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
भुटानी शरणार्थी प्रकरण

नक्कली भुटानी शरणार्थी प्रकरण : आज तीन प्रतिवादीको बयान लिइयो

मङ्गलबार, १६ जेठ २०८०, १७ : ४५
मङ्गलबार, १६ जेठ २०८०

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज मंगलबार तीन आरोपितको बयान लिइएको छ । काठमाडौँ जिल्ला अदालतमा आरोपितहरु सन्देश शर्मा, इन्द्रजित राई र नरेन्द्र केसीको बयान लिइएको हो ।

दाङ स्थायी घर भएका शर्मा एमाले निकट विद्यार्थी संगठनमा आबद्ध छन् । राई भने तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार थिए । यस्तै, केसी तत्कालीन गृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव थिए ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा तीनै जना प्रतिवादीले बयान दिएका हुन् । जिल्ला अदालत काठमाडौँमा जेठ १२ देखि नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीहरूको बयान लिन थालिएको हो ।

३० जना प्रतिवादी रहेको यो प्रकरणमा १७ जना पक्राउ परेका छन् भने १३ जना फरार छन् । पक्राउ परेका १७ मध्ये अहिलेसम्म ८ जनाको बयान लिइएको छ ।

यसअघि केशवप्रसाद दुलाल, सागर राई, सन्दीप रायमाझी, लक्ष्मी महर्जन र टंककुमार गुरुङको बयान लिइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप