प्रदेश बजेट
कर्णालीलाई सवा १६ अर्ब बजेट
मङ्गलबार, १६ जेठ २०८०, १८ : २७

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि संघबाट १६ अर्ब २७ करोड ३९ लाख बजेट प्राप्त गरेको छ ।
सोमबार अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तुत गरेको बजेट तथा कार्यक्रमअन्तर्गत कर्णालीलाई उक्त रकम विनियोजन गरिएको हो ।
वित्तीय हस्तान्तरणअन्तर्गत यो रकम विगतका तुलनामा कम हो । यसमा चालुतर्फ ११ अर्ब ८८ करोड १७ लाख र पुँजीगततर्फ ४ अर्ब ३९ करोड २२ लाख रकम विनियोजन गरिएको छ ।
यस्तै, समानीकरण अनुदानतर्फ १० अर्ब १६ करोड ४१ लाख, सशर्त अनुदानतर्फ ४ अर्ब ७५ करोड ३ लाख, विशेष अनुदानतर्फ ५९ करोड ७९ लाख बजेट रहेको छ । यस्तै पुँजीगत प्रकृतिको समपूरक अनुदानतर्फ ७६ करोड १६ लाख बजेट कर्णालीले पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपमा गुगलको अर्को विशाल साइबर सुरक्षा केन्द्र स्थापना
-
कानुनी सहायतासम्बन्धी सम्मेलन भारतमा सम्पन्न : नेपालका प्रधानन्यायाधीशसहित सहभागी
-
कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षामन्त्री खड्कालाई
-
प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन दुबई प्रस्थान
-
रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका मुख्य समाचार
-
विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ