बागमतीले पायो करिब १६ अर्ब रुपैयाँ वित्तीय हस्तान्तरण

मकवानपुर । सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बागमती प्रदेशमा करिब १६ अर्ब रकम वित्तीय हस्तान्तरण गरेको छ ।
सरकारले बजेट वक्तव्यमार्फत् बागमती प्रदेशका लागि १५ अर्ब ८१ करोड २३ लाख रुपैयाँ विभिन्न अनुदान शीर्षकमा वित्तीय हस्तान्तरण गरेको हो ।
बागमती प्रदेशका लागि सरकारले चालुतर्फ १० अर्ब ७१ करोड ५९ लाख रुपैयाँ र पुँजीगततर्फ ५ अर्ब ९ करोड ६४ लाख रुपैयाँ वित्तीय हस्तान्तरणको लागि बजेट विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत संघीय सरकारले ७ वटा प्रदेशका लागि कूल १ खर्ब ५ अर्ब ६ करोड ६८ लाख रुपैयाँ विनियोजन गरेकोमा सबैभन्दा बढी कर्णाली प्रदेशमा रहेको छ ।
दोस्रोमा कोशी प्रदेश र तेस्रोमा बागमती प्रदेशका लागि सरकारले वित्तीय हस्तान्तरण विनियोजन गरेको छ ।
सरकारले हस्तान्तरण गरेको वित्त बजेटमा समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान समेटिएको छ ।
अर्थ मन्त्रालयका अनुसार आगामी आर्थिक वर्षका लागि बागमती प्रदेशमा समानीकरण अनुदानतर्फ ८ अर्ब एक करोड ३५ लाख रुपैयाँ रहेको छ । जसमा न्यूनतम अनुदान रकम २ अर्ब ६२ करोड एक लाख रुपैयाँ, सूत्रमा आधारित अनुदान ५ अर्ब ४ करोड १५ लाख रुपैयाँ र कार्यसम्पादनमा आधारित अनुदान ३५ करोड १९ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै, बागमती प्रदेशमा सशर्त अनुदानतर्फ ५ अर्ब ७६ करोड ८८ लाख रुपैयाँ रहेको छ । जसमा चालुतर्फ २ अर्ब ४२ करोड २४ लाख रुपैयाँ र पुँजीगततर्फ ३ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
सरकारले विशेष अनुदानतर्फ बागमती प्रदेशका लागि चालुतर्फ २८ करोड रुपैयाँ र पुँजीगततर्फ ४५ करोड रुपैयाँ गरी ७३ करोड रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, समपूरक अनुदानतर्फ बागमती प्रदेशलाई एक अर्ब ३० करोड रुपैयाँ विनियोजन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महायज्ञ गर्न उठीबास गराइएको डोम परिवारलाई धाकधम्की
-
आफ्नो मान्छे कर्मचारीमा कतै नियुक्त गरेको छैन : प्रधानमन्त्री
-
राजनीतिक नियुक्ति तथा सरुवा बढुवामा नातावाद कृपावाद हुन्छ भन्ने आरोप प्रधानमन्त्रीद्वारा अस्वीकार
-
काभ्रेमा उद्धारमा खटिएका दिवंगत सशस्त्रका इन्स्पेक्टरलाई ५ लाख रुपैयाँ दिने निर्णय
-
‘बाबुरामले सकेनन्’ भनेर आलोचना गर्दै बस्नु मूर्खता : डा.भट्टराई
-
‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम सांसद साहद्वारा बहिष्कार