कर्णालीका मुख्यमन्त्री र विप्लवबीच भेटवार्ता, के भयो कुराकानी ?

सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । मंगलबार वीरेन्द्रनगरको एक होटेलमा दुई नेताबीच भेटवार्ता भएको हो ।
मुख्यमन्त्री शर्मा विप्लवलाई भेट्नका लागि उनी बसेकै होटेलमा पुगेका थिए । उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको बताइएको छ । महासचिव विप्लवले पनि शर्मासँग वर्तमान राजनीति परिघटना र १० वर्षे जनयुद्धका बेलामा भए गरेका गतिविधिबारे नै कुराकानी भएको रातोपाटीलाई बताए । उनले जनयुद्धताका आफूले कर्णाली चहारेको कुरा पनि स्मरण गरे ।
मुख्यमन्त्री शर्माले पनि जनयुद्धमा कर्णालीका विभिन्न जिल्लाको नेतृत्व गरेका थिए । विप्लव सोमबार पूर्व सुर्खेतको दशरथपुरमा आयोजित एक कार्यक्रममा सहभागी हुनका लागि सुर्खेत आएका थिए । उनी मंगलबार दिउँसो सुर्खेतबाट कपिलवस्तु गइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढकाल नियुक्त
-
धरानमा विमानस्थल निर्माणका लागि अध्ययन सुरु
-
संयुक्त राष्ट्रका महासचिवद्वारा गाजामा मानवीय विपत्ति रोक्न आग्रह
-
अधिकारको सम्मानमात्र लोकतान्त्रिक शासन प्रणाली बलियो हुन्छ: राष्ट्रपति
-
नारायणी नदीमा क्रुजसिप पुनः सञ्चालनमा
-
कवि ढुङ्गानालाई झर्रो शैली सम्मान