गण्डकी प्रदेशमा १३ अर्ब ६० करोड बजेट, पोखरा महानगरलाई सबैभन्दा बढी

पोखरा । संघ सरकारले ल्याएको बजेटबाट गण्डकी प्रदेशले १३ अर्ब ६० करोड रुपैयाँ वित्तीय हस्तान्तरणमार्फत पाउने भएको छ । आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री प्रकाशशरण महतले गण्डकीलाई उक्त बजेट विनियोजन गरेका हुन् ।
अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत संघीय सरकारले ७ वटा प्रदेशका लागि कुल १ खर्ब ५ अर्ब ६ करोड ६८ लाख रुपैयाँ छुट्याएको छ । प्रदेश र स्थानीय तहलाई समानीकरण अनुदान, सशर्त अनुदान विशेष अनुदान र समपुरक अनुदान गरी ४ प्रकारका अनुदान हस्तान्तरण गर्दै आएको छ ।
यसमध्ये गण्डकी प्रदेशले समानीकरणतर्फ ७ अर्ब ६२ करोड २५ लाख रुपैयाँ अनुदान प्राप्त गरेको छ । ससर्ततर्फ ४ अर्ब करोड ४४ करोड १५ लाख रुपैयाँ अनुदान पाएको हो । विशेष अनुदानतर्फ गण्डकी प्रदेशले ७० करोड रुपैयाँ पाएको छ । समपूरक अनुदानतर्फ ८४ करोड करोड रुपैयाँ गण्डकीले पाएको छ ।
बजेटले गण्डकीका थुप्रै योजना र आयोजनालाई पनि समेटेको छ । संघ आफैले कार्यान्वयन गर्ने गण्डकी प्रदेशभित्रका योजना पनि बजेटमा राखिएको छ । र
पोखरलाई सबैभन्दा बढी अनुदान
आगामी आर्थिक वर्षका लागि संघ सरकारले महानगरपालिकाहरुमध्ये पोखरालाई संघले सबैभन्दा बढी अनुदान दिएको छ । देशभरका ६ महानगरमध्ये पोखरालाई सबैभन्दा बढी अनुदान दिएको हो । ‘अन्तर सरकारी वित्तीय हस्तान्तरण’ अन्तर्गत पोखराले २ अर्ब ७६ करोड ३२ लाख अनुदान पाएको छ । जसमा समानीकरण अनुदान ४८ करोड ७० लाख, सशर्त अनुदान २ अर्ब २३ करोड ६२ लाख र समपूरक अनुदान ४ करोड छ । पोखराले विशेष अनुदान भने पाएको छैन ।
गण्डकीमा बजेटले छोएका क्षेत्र
१.मध्यवर्ती क्षेत्रमा जैविक मार्ग निर्माण घाँसे मैदान, सिमसार क्षेत्र व्यवस्थापन
२.मुस्ताङमा वायु प्रदूषण मापन केन्द्र स्थापना
३.कित्ताकाट फुकुवा
४. ८५ स्थानीय तहमा २५ हजार भूमिहीनलाई पुर्जा वितरण
५.औद्योगिक क्षेत्र निर्माणलाई गति दिने गण्डकीको लोकाहाखोला र पंडीटारबारे केही उल्लेख
६.नवलपुर र पर्वतको फलाम खानीको उत्खनन कार्य गरिने
७.जडिबुटी प्रवर्द्धन
८.वाटर फ्रेम दी हिमालयको नाममा हिमाली पानी ब्रान्डिङ र निकासी गरिने
९.२०२३–२०३३ लाई पर्यटन दशकको रुपमा मनाइने र २०१० मे नेपाल भ्रमण गर्ने पर्यटकको संख्या १० लाख पु¥याइने ।
१०.आन्तरिक पर्यटन प्रवर्द्धनका लागि नेपाल घुमी, नेपाल चिनौं अभियान सुरु पोखरादेखि मनाङ जोड्ने पदयात्रा मार्ग निर्माण
११.जनकपुर पशुपतिनाथ मुक्तिनाथ जोडेर हिन्दु धार्मिक सर्किट निर्माण
१२.गोरखामा जनजातिको संस्कृति झल्कने जीवित संग्रहालय
१३.हिमाली क्षेत्रका एक सय वर्ष पुराना गुम्बाहरुको संरक्षण
१४.गण्डकी प्रदेशको मुक्तिनाथ, त्रिवेणीधाम लगायत देशका अन्य क्षेत्रका पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माणको लागि २ अर्थ विनियोजन
१५. हाइकिङ तथा टाकुरा प्रवर्द्धन
१६.बागलुङ, पर्वत र म्याग्दीको उत्तर भाग समेटर पर्यापर्यटन र मगर पर्यटनको विकास गरिनेछ ।
१७.पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि ग्राउण्ड ह्याण्डलिङमा छूट
१८.पोखरामा निर्माणाधीन संक्रामक रोग अस्पताललाई आगामी वर्षमा स्तरोन्नति गरिने ।
१९.सुशील कोइराला अस्पताललाई स्तरोन्नति गरिने ।
२०.पोखराको रंगशाला र कभर्डहल निर्माणलाई बजेट
२१.तनहुँको ढकालटारमा बाल सुधार गृहको स्थापना
२२.पर्वत बागलुङलगायत लोकमार्गका विभिन्न खण्ड निर्माणको लागि ३ अर्ब ९६ करोड विनियोजन ।
२३.कालीगण्डकी कोरिडरको गैँडाकोट राम्दी बागलुङ खण्ड र बेनी– जोमसोम खण्डको थप ६० किलोमिटर बाटो पिच गरिने ।
२४.कालीगण्डकी कोरिडरका लागि १ अर्थ ५८ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
२५.डुमे्र बेसीसहर मनाङ स्तरोन्नतिमा जम्मा ३४ करोड विनियोजन
२६.नवलपुर र रुकुम पूर्वको सदरमुकाममा एकीकृत प्रशासनिक केन्द्र तथा सहरी पूर्वाधार निर्माण
२७.बुढीगण्डकी परियोजना अगाडि बढाइने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा मृत्यु हुनेको सङ्ख्या १६ हजार नजिक पुग्यो, मारिनेमा ७० प्रतिशत महिला र बालबालिका
-
मिचौङ चक्रवात : चेन्नईमा पाँच जनाको मृत्यु, सबै उडान रद्द
-
एनसेल शेयर खरिदबिक्रीको चलखेलविरुद्ध अनेरास्ववियुको प्रदर्शन (फोटो फिचर)
-
जनहितमा बाधक कानुनमा सुधार गर्नुपर्छ– नेता गिरी
-
महाधिवेशन मितिबारे एकीकृत समाजवादीमा मतभेद
-
सुन्तला प्रदर्शनीका जगमा सुरु लेखनाथ महोत्सव