बागमती प्रदेशका १३ जिल्लामध्ये काठमाडौँलाई बढी अनुदान

मकवानपुर । बागमती प्रदेशका १३ जिल्लामध्ये काठमाडौंले सबैभन्दा बढी अनुदान पाएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बागमती प्रदेशका १३ जिल्लाका ११३ स्थानीय तहका लागि समानीकरण, सशर्त, विशेष र समपूरक शीर्षकमा अनुदान वित्तीय हस्तान्तरण गरेको हो ।
जसमा काठमाडौँले सबैभन्दा बढी अनुदान पाएको छ भने सबैभन्दा कम रसुवाले पाएको छ ।
प्रदेशका १३ जिल्ला मध्ये काठमाडौँले ७ अर्ब १४ लाख रुपैयाँ अनुदान वित्तीय हस्तान्तरण पाएका हो भने रसुवाले एक अर्ब १६ करोड ५४ लाख रुपैयाँ अनुदान पाएको छ ।
यस्तो छ बागमतीको जिल्लागत वित्तीय हस्तान्तरण
काठमाडौँ–७ अर्ब १४ लाख रुपैयाँ
काभ्रे–५ अर्ब १३ करोड २२ लाख रुपैयाँ
धादिङ–४ अर्ब ७६ करोड ९ लाख रुपैयाँ
सिन्धुपाल्चोक–४ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ
चितवन–४ अर्ब ५७ करोड ७६ लाख रुपैयाँ
मकवानपुर–४ अर्ब २९ करोड ५८ लाख रुपैयाँ
सिन्धुली–३ अर्ब ९९ करोड ३७ लाख रुपैयाँ
नुवाकोट–३ अर्ब ९८ करोड ३४ लाख रुपैयाँ
दोलखा–३ अर्ब ३८ करोड ३८ लाख रुपैयाँ
रामेछाप–३ अर्ब २५ करोड ३१ लाख रुपैयाँ
ललितपुर–३ अर्ब ७ करोड ८८ लाख रुपैयाँ
भक्तपुर–२ अर्ब २९ करोड २५ लाख रुपैयाँ
रसुवा–१ अर्ब १६ करोड ५४ लाख रुपैयाँ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिकटकमाथिको प्रतिबन्धविरुद्ध दायर रिट निवेदन न्यायाधीशद्वय माथेमा र शर्माको संयुक्त इजलासमा
-
५ मिनेटमा ६ लाख थान फोन बिक्री
-
प्यान नम्बरसहितको बिल प्रयोग गर्न स्वास्थ्य बीमा बोर्डको आग्रह
-
एनसेललाई कारबाही गर्न संयुक्त विद्यार्थी संगठनको माग
-
जनवरीको पहिलो हप्ता भारतीय विदेश मन्त्री एस जयशंकर नेपाल आउँदै
-
बालबालिकालाई ‘एनिमल’ चलचित्र देखाउने ‘वन सिनेमाज’लाई कारबाही सिफारिस