सन्दीपले दिए दक्षिण अफ्रिका जाने राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना

काठमाडौँ । नेपाली क्रिकेट टोलीका प्रभावशाली स्पिनर सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टोलीको दक्षिण अफ्रिका भ्रमणमा सहभागी नहुने भएका छन् । आफू राष्ट्रिय टोलीसँग दक्षिण अफ्रिका नजाने भएपछि उनले टोलीका अन्य सदस्यलाई सफलताको शुभकामना दिएका छन् ।
जिल्ला अदालत काठमाडौँबाट मंगलबार पनि बलात्कार मुद्दाको अन्तिम सुनुवाइ नभएपछि सन्दीपको दक्षिण अफ्रिका भ्रमण सम्भव नभएको हो । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत दक्षिण अफ्रिका जाने टोलीका अन्य सदस्यलाई शुभकामना दिएका हुन् ।
उनले लेखेका छन् ‘मलाई तपाईँहरूको क्षमताप्रति पूर्ण विश्वास छ । तपाईँहरू सबैले क्रिकेटलाई यो स्तरमा ल्याएर विश्वसामु आफ्नो क्षमता देखाउनु भएको छ । फेरि तपाईँहरूका अगाडि आफ्नो क्षमताप्रति विश्वास गर्ने समय आएको छ । तपाइहरू जहाँ जानु भए पनि आफ्नो उत्कृष्ट प्रदर्शन दिनुहोला । सफल टोली र सुरक्षित यात्राको शुभकामना ।’
नेपाली टोली अन्तिम तयारीको लागि मंगलबार बेलुकी दक्षिण अफ्रिका जाँदैछ । दक्षिण अफ्रिका भ्रमणका क्रममा नेपालले नेदरल्यान्ड्स, स्कटल्यान्ड, ओमान र युएईसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपमा गुगलको अर्को विशाल साइबर सुरक्षा केन्द्र स्थापना
-
कानुनी सहायतासम्बन्धी सम्मेलन भारतमा सम्पन्न : नेपालका प्रधानन्यायाधीशसहित सहभागी
-
कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षामन्त्री खड्कालाई
-
प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन दुबई प्रस्थान
-
रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका मुख्य समाचार
-
विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ