देउवा निवासमा नेविसंघ अध्यक्षविरुद्ध नाराबाजी

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा नेपाल विद्यार्थी संघका नेताहरूले नेविसंघ अध्यक्षविरुद्ध नाराबाजी गरेका छन्। बुधबार बिहान धुम्बाराही पुगेका नेविसंघका नेताहरूले नेविसंघ अध्यक्ष दुजाङ शेर्पाविरुद्ध नाराबाजी गरेका हुन्।
संगठनलाई गतिदिन नसकेको भन्दै नेविसंघका नेता शुभराम बस्नेत नेतृत्वको टोलीले शेर्पाको राजीनामा माग गरेको हो। संगठनलाई अनिर्णयको बन्दी बनाएको, संगठनलाई गतिदिन नसकेको, कमिटी विस्तारमा ध्यान नदिएर नेविसंघभित्र चरम गुटबन्दी गरेको उनीहरूको आरोप छ।
गत चैत ४ मा भएकाे स्ववियु चुनावमा नेविसंघका अधिकारिक उम्मेदवारविरुद्ध उभिएका सन्देश खाणलाई अध्यक्ष शेर्पाले नेविसंघ शंकरदेव क्याम्पसकाे इकाइ समिति सभापतिकाे पत्र दिएपछि बस्नेतकाे टाेली आक्राेशित छ । यसअघि नेविसंघ शंकरदेव क्याम्पसकाे इकाइ समिति सभापति विवेक लामा घिसिङ थिए । नेविसंघ पूर्व केन्द्रीय सदस्य गिता गुरुङ मनिश थापा, सम्झना खत्रीका साथै उपत्यकाका विभिन्न क्याम्पसमा स्ववियु सभापतिहरु सहभागी थिए ।
बस्नेतकाे टाेलीले नेविसंघ अध्यक्ष शेर्पाका साथै तरुण दलका अध्यक्ष विद्वान गुरुङकाे पनि राजीनामा मागेकाे थियाे । टाेलीमा सभापति देउवाद्वारा गत २०७८ फागुन ९ मा नेविसंघकाे अध्यक्षमा शेर्पा र तरुण दलकाे अध्यक्षमा गुरुङलाई मनाेनित गरेका थिए । अहिलेसम्म नेविसंघ र तरुण दल विस्तार समेत हुन सकेकाे छैन ।
केही समयअघि नेविसंघ र तरुणा दल विस्तारकाे तयारी भएपनि पछिल्लाे भए कांग्रेसभित्र अहिले नयाँ कमिटी ल्याउनुपर्ने आवाज उठेकाे छ । बस्नेतकाे टाेलीले पनि सभापति देउवा र नेतृ आरजु राणा देउवालाई शेर्पा र गुरुङलाई बर्खास्त गरेर विधानसम्मत नयाँ कमिटी ल्याउन माग गरेकाे थियाे । देउवा दम्पती शेर्पा र गुरुङलाई बर्खास्त गरेर नयाँ कमिटी ल्याउन सकारात्मक देखिएकाे नेविसंघका नेता मदनराज उपाध्यायले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्प प्रभावित क्षेत्रको अस्थायी आवास निर्माणमा सुरक्षाकर्मी परिचालन गर्ने निर्णय
-
राष्ट्रियसभा विधानतः बलियो, व्यवहारमा कमजोर : नेत्री चपाईं
-
माघ ११ गते राष्ट्रियसभाको निर्वाचन गर्ने सरकारको निर्णय
-
एडम होलिहोक पाकिस्तानी क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षक
-
सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा १ लाख १९ हजार नाघ्यो
-
सम्बन्ध र द्वन्द्व बोल्ने ‘चित्रा’को फस्टलुक सार्वजनिक